Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

दक्षिण कोरियामा फेरि देखियो मर्स भाइरस : सबैलाई सचेत रहन आग्रह

दक्षिण कोरियामा फेरि देखियो मर्स भाइरस : सबैलाई सचेत रहन आग्रह

दक्षिण कोरियामा करिब ३ बर्ष पछि दक्षिण कोरियामा फेरी मर्सको बिरामी भेटिएको छ । गत शुक्रबार कुवेतबाट फर्किएका एक कोरियन नागरिकमा मिडिल इस्ट रेस्पिरेटरी सिम्ड्रम (MERS) भेटिएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया(KCDC)लाई उदृत गर्दै कोरियाली संचार माध्यमहरुले जनाएका छन् ।

नाम उल्लेख नगरिएको ६१ बर्षिय कोरियन नागरिक आफ्नो ब्यापरिक भ्रमणका लागि कुवेत गएको गएका थिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा टाउको दुख्ने जस्ता समस्या देखापरेपछि भ्रमणलाई छोटाएर दुबई हुदै शुक्रबार इन्छन एर्पोट आइपुगेका थिए ।

मर्स भएको आशंकामा एयरपोर्टबाटै सामसुङ अस्पतल लगिएको थियो । थप उपचार र परिक्षणका लागि अहिले सउल नेसनल युनिवर्सिटी अस्पतालमा छन् । उक्त ब्यक्तिलाई मार्स भएको प्रमाणित भैसकेको केसिडीसीले जनाएको छ ।मार्स बिरामी सँगको प्रत्यक्ष सम्पर्कमा आएका २१ जना र विमान परिचारिका तथा त्यहाँ सवार यात्रुहरु, मेडिकल अधिकारी र अध्यागमन अधिकारी लगायतलाई स्वास्थ अधिकारीहरुको निगरानीमा राखिएको छ ।

समाचार एजेन्सी(योनहप)का अनुसार बिरामीको सामान्य सम्पर्कमा आएका ४ सय ३५ जनालाई पनि सम्पर्क गरि उक्त रोगको बारेमा सुचित गरिएको र तिनीहरुलाई दैनिक आफ्नो स्वास्थ अबस्थाको बारेमा सम्बन्धित स्वास्थ अधिकारीलाई जानकारी गराउन भनिएको छ ।

सन् २०१२ मा साउदी अरबमा पहिलो पटक देखिएको यो मार्स भाइरस ऊँटबाट मानिसमा सरेको मानिन्छ । दक्षिण कोरियामा २०१५ मा मर्सका कारण ३८ जनाको ज्यान गएको थियो भने १ सय ८६ जना यो भाइरसबाट प्रभावित भएका थिए । अहिले सम्म बेलायत सहित २१ देशमा यो भाइरस फैलिसकेको छ ।

विश्व स्वास्थ संगठन(WHO)को तथ्यांक अनुसार भाइरस संक्रमितहरु मध्ये ३६ प्रतिशतको मृत्यु भएको छ । उसले यो रोगलाई विश्वभरि चाडै फैलिने महामारीको भाइरसको रुपमा उल्लेख गरेको छ ।श्वासप्रश्वासबाट सर्ने यो रोग बिरामीको सिधा सम्पर्कबाट सर्ने गर्दछ ।

ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने मर्सको लक्षण हो । त्यसैगरी खोकी लाग्ने वा दम बढने, श्वास फेर्न गाह्रो भए पछि विरामीको मृत्यु समेत हुन सक्छ । यो रोगको कुनै औषधि वा उपचार पद्धति पत्ता लागेको छैन । त्यसैले कोरियन सरकारले सबै नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *