Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या

काठमाडौँ । पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ। प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन।गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो। घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा। घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन।

दुई सातासम्म प्रहरी अनुसन्धान झाको घरमा काम गर्ने तीन कामदारमाथि नै घुमेको छ। झाको घरमा काभ्रे स्थायी घर भएका ४८ वर्षिय कान्छाराम तामाङ घरेलु कामदारका रुपमा कार्यरत थिए। बेलुका सुरक्षागार्डको काम पनि उनले नै गर्दथे।गेट नजिकैको टहरोमा सुत्दथे । प्रहरीको सबैभन्दा ठूलो आशंका उनैमाथि छ । त्यस्तै सो घरमा हरेक दिन बिहान मालीका रुपमा काम गर्ने ५३ वर्षिय आइतेसिंह तामाङ र गोरखाका ५६ वर्षिय जयबहादुर गुरुङलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।

किन रहस्यमय बन्यो घटना ?
घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन्। किनकी घटना बन्द घरभित्र भएको छ।अहिलेसम्मको अनुसन्धानमा हत्या गर्ने व्यक्तिहरु पहिलो तलामा रहेको झ्यालको जाली काटेर भित्र छिरेको आँकलन गरिएको छ । तर, त्यसको विश्वस्त आधार छैन। झ्यालको जाली थोरै मात्र काटिएको छ, जहाँबाट मान्छे भित्र छिर्न सम्भव छैन।

त्यसबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुनसक्ने अर्को आँकलन गरिएको छ। तर, जाली पहिले नै काटिएको जस्तो खिया लागेको छ र झ्यालको धुलो हेर्दा त्यहाँबाट कोही प्रबेश गरेको जस्तो देखिन्छ । घरका अन्य सबै झ्याल ढोका बन्द थिए।जून झ्यालको जाली काटिएको छ, त्यही कोठामा झाकी श्रीमती सुत्ने भएकाले उनले थाहा नपाउनु घटनाको अर्को रहस्य छ। उमेर र रोगका कारण उनकी श्रीमती कमजोर भएकाले पनि उनले भनेका कतिपय कुरामा प्रहरीले विश्वास गरेको छैन। कसैले प्रहरी अनुसन्धानलाई तोडमोड गराउन पनि झ्यालको जारी काटिएको आँकलन समेत गरिएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *