Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

गायक मोहन खतिवडाले शिरैको शिरबन्दि देखाएर छमछम नचाए नायिका केकी र नायक जीबनलाई (भिडियो)

गायक मोहन खतिवडाले शिरैको शिरबन्दि देखाएर छमछम नचाए नायिका केकी र नायक जीबनलाई (भिडियो)

गायक मोहन खतिवडाको सुमधुर स्वर रहेको ‘शिरैको शिरबन्दि राम्रो’ पुर्बेली लोकलयमा सजिएको गित सार्वजनिक भएको छ । यस गितको शब्द अष्ट्रेलियामा बस्दै आएका नेपालीमूलका भूटानी गितकार दुर्गाप्रसाद रिमालले लेखेका हुन्, संगित भने नेपाली संगितिक क्षेत्रका सुप्रसिद्ध संगीतकार राजनराज सिवाकोटिको रहेको छ ।
नेपाली चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ बाट नेपाली सिने जगतमा डेब्यु गरेका निर्देशक बिशाल भण्डारीले निर्देशन गरेको यस मिउँजिक भिडियोमा नेपाली सिने जगतकी लोकप्रिय नायिका केकी अधिकारी र चलचित्र हामी शरणार्थीका नायक जीवन भट्टराइले अभिनय गरेका छन् । मनिस चाम्लिगंद्वरा इस्टन रेकडिगँ स्टूडियो, टेक्सस अमेरिकामा रेकड गरिएको यस गितलाई आमोस तामाङले एरेन्ज गरेका छन् भने छायांकनमा अर्जुन तिवारी र इडिटिगंमा निसान घिमिरेले साथ दिएका छन् ।

निक्कै लामो पर्खाइपश्चात नेपाली संगितिक बजारसम्म ल्याउँन सफल उक्त गित श्रिमति मिना भण्डारीको बिशेष लगानीमा बजारमा आएको हो । गित सार्वजनिक भएसगैँ गायक खतिवडाले सम्पूर्ण घर- परिवार, साथी-भाई, सुभचिन्तक लगायतलाई बिशेष धन्यबाद दिएका छन् ।
हेर्नुस, कमैमात्र बजारमा सार्वजनिक हुने लोकलयमा सजिएको यो गित !!


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *