Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

आयो राजेश पायलको अर्को दर्दनाक गीत, भिडियोमा संजीवको अभिनयले जित्यो धेरैको मन

आयो राजेश पायलको अर्को दर्दनाक गीत, भिडियोमा संजीवको अभिनयले जित्यो धेरैको मन

दर्पणनेपाल डटकम :
बबिता राईको शब्द, महेन्द्र राईको संगीत र राजेश पायल राईको स्वर समावेश रहेको “जसले पनि” बोलको गीत सार्वजनिक गरिएको छ | गीतमा फणिन्द्र राईको अरेन्ज रहेको छ | अत्ति नै मर्मशील शब्द र संगीत भरिएको गीतको भिडियो पनि सार्वजनिक गरिएको हो | अहिलेको समाजमा भईरहेको माया र प्रेम अनि धोका यस विषयमा नै केन्द्रीत रहेर गीतलाई तयार गरिएको छ | सम्भवत धेरैको जिन्दगीमा यो मेल खाएर हुन सक्छ धेरैले यस गीतलाई आत्मसाथ गरिएको देखियो |

सार्वजनिक भिडियो पनि निकै राम्रो तयार भएको छ | गीतको भावलाई भिडियोमा सक्दो उतार्न खोजिएको छ | यसमा निर्माण पक्ष धेरै हदले सफल भएको पनि देखिन्छ | आसितोस बुढाथोकीको सहायक निर्देशन रहेको यस भिडियोमा रंधिर श्रेष्ठको छायांकन, सम्पादन र मुख्य निर्देशन रहेको छ | यस्तै गीतको भिडियोमा मोडल संजीव कटुवाल, एन्जल भण्डारी, कमल जंग बस्नेत र सुर्य ओलीको पनि अभिनय रहेको छ | भिडियोमा यी २ कलाकारको अतुलनीय भूमिका रहेको छ | यी ४ कलाकारले नै आफुले पाएको पात्र माथि पूर्णरुपले न्याय गरेको भिडियोमा हेर्न सकिन्छ |

यसो भनिरहँदा भिडियोमा आकर्षणको केन्द्र भने मोडल संजीव कटुवाल बनेको देखियेको छ | हुन त लामो समयको कम्ब्याकको कारण पनि हुन सक्छ उनि धेरै दर्शकहरुको नजरमा परे | पहिलेको भन्दा उनको अभिनय शैलीमा पनि केहि नयापन आएको देखियो | भिडियो रिलिज भएको २ दिन मात्र भएको छ र यसले युटुबमा पनि राम्रो भिवर्स प्राप्त गरिरहेको छ | यता मोडल संजीव कटुवालले भने आफुले सक्दो मेहेनत यस भिडियोमा गर्ने प्रयास गरेको र दर्शकहरुले मनपराईदिने आशा पनि लिएको उनले बताए |

यस्तै उनले आफ्नो केहि समस्याको कारण म्युजिक भिडियोबाट लामो समय नै टाढा बस्नु परेको र अब भने यसलाई निरन्तरता दिने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | यस्तै उनले आफ्नो अभिनय क्षेमतालाई सहि मुल्यांकन र आत्मसाथ गरिदिनुहुने सबै दर्शकहरु प्रति हृदय देखि नै आभार प्रकट गरेका छन् | यस्तै यस भिडियोको लागि आफुलाई साथ दिनुहुने सबैलाई उनले धन्यवाद दिएका छन् | अबको दिन यो भन्दा पनि राम्रो प्रस्तुति लिएर दर्शकहरु माझ आउने उनले बताए |

हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *