Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

मौलिक तीज गीत ‘सौता -भाग २’ सार्वजनिक

मौलिक तीज गीत ‘सौता -भाग २’  सार्वजनिक

नेपाली हिन्दु नारीको महान पर्व नजिकिँदै गर्दा तीजका गीतको बजारमा आउने क्रम पनि बढिरहेको छ । यीनै तीज गीतको भिडमा सन्तोष श्रेष्ठको सर्बोकृष्ट लय सिर्जनामा गायिका लिला कंवर गुरुङ र चन्द्रा चलाउनेको संयुक्त तीजको कोशेली “सौता २”को भिडियो सार्वजनिक भएको छ ।

तीजका गीतमा विकृति बढिरहेका बेला उनले भने गाउँघरका भाका संकलन गरी तीज गीत तयार पारेकी छन । आफूले गाउँकै भाका संकलन गरेर तीज गीत तयार पारेको गायिका लिला कंवर गुरुङले बताइन् । ‘जसरी पनि बिकाउने उद्देश्य मेरो होइन, तीज हाम्रो परम्परा हो, हाम्रो संस्कार हो, त्यसैले तीजका लागि तीजकै विषय समेटेर गीत तयार पारेको छु, व्यापारका लागि त जस्तो गीत निकाले पनि हुन्छ, जहिले निकाले पनि हुन्छ’ तर आफ्नो मौलिक संस्कारलाई गलत तरिकाले आफ्नो गीतमा प्रयाग नगरिएको उनले दावी गरिन ।

लिला कंवर गुरुङको मौलिक शब्द सिर्जनामा सन्तोष श्रेष्ठको लय सिर्जना रहेको छ । दुर्गा पौडेलले छायाँङ्कन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । भिडियोमा निरु खड्का , दमन रुपाखेती , विन्दु वि एमको अभिनय तथा नित्य रहेको छ । गीतको भावहरूलाई जीवन्त रुपमा भिडियोमा निर्देशन काजिश श्रेष्ठले दिएका छन ।हेर्नुहोस् भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *