Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

रक्सी बनाउन युवतीले मगाइन् सर्प, त्यही सर्पले टोकेर गयो ज्यान 

रक्सी बनाउन युवतीले मगाइन् सर्प, त्यही सर्पले टोकेर गयो ज्यान 

एजेन्सी। चीनकी एक युवतीले परम्परागत ‘स्नेक वाइन’ बनाउन भन्दै अनलाइनबाट एक सर्प मगाइन् । तर त्यही सर्पले टोकेर ती युवतीको मृत्यु भएको छ । ती युवतीले एक अनलाइन शपिङ पोर्टलबाट विषालु सर्पको अर्डर दिएकी थिइन् । २१ वर्षीया ती युवती सांगशी को उत्तर प्रान्तकी थियन् । मंगलबार राती उनको मृत्यु भएको छ । उनलाई ८ दिनअघि सर्पले टोकेको थियो ।

ती युवतीले इकमर्स पोर्टल जुआनजुआनबाट सर्प किनेकी थिइन् । यो सर्पलाई दक्षिणी प्रान्तको गुआनडोंगका एक बिक्रेताले बेचेका थिए । सर्पको यो प्रजाती निकै विषालु हुने बताइएको छ । सर्पलाई स्थानीय कुरियर कम्पनीले डेलिभरी गरेको थियो । कुरियर कम्पनीले समाचार एजेन्सीलाई बताएअनुसार बाकसभित्र के थियो भन्ने कम्पनीलाई जानकारी थिएन ।

ती युवतीले सर्पबाट परम्परागत औषधीय गुण भएको वाइन बनाउने विचार गरेकी थिइन् । यो स्नेक वाइन रक्सीमा सर्प डुबाएर बनाइन्छ । यो वाइन पिएर सधैं जवान रहन सकिने मान्यता छ । रिपोर्टका अनुसार सर्प ती युवतीको घरबाट भागेको थियो । त्यसलाई समात्न खोज्दा महिलाको ज्यान गएको बताइएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *