Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

रनकुमारको ‘बेकावु छ माया’ सार्वजनिक

रनकुमारको ‘बेकावु छ माया’ सार्वजनिक

काठमाडौँ । नवगायक रनकुमार लामाको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको ‘बेकावु छ माया’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । उनी ‘बेकावु’ एल्बम पनि चाँडै बजारमा ल्याउने तयारीमा रहेका छन् । गीतको भिडियोमा मनिषा थापा र रन लामा फिचर्स भएका छन् । साथमा डान्स ग्रुपको निकै राम्रो नृत्य देख्न सकिन्छ ।

गोबिन्द प्रसाद उपाध्यायको शब्द रहेको गीतमा मानषी किरणको सङ्गीत र एरेन्ज रहेको छ । भिडियोलाई उत्तर राना मगरले निर्देशन गरेका हुन । त्यस्तै सुमन श्रेष्ठले गीतको कोरियोग्राफी गरेका छन् । गोकुल खनालले खिचेको भिडियोलाई निर्देशक उत्तर राना मगरले नै सम्पादन गरेका हुन । त्यस्तै भिडियोमा नबिन निरौलाले रङ्ग संयोजनको काम गरेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *