Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

मुम्बई हमलाका मुख्य योजनाकार दाउदमाथि जेलभित्र साङ्घातिक हमला : अवस्था गम्भिर, आइसियूमा राखेर उपचार थालीयो

मुम्बई हमलाका मुख्य योजनाकार दाउदमाथि जेलभित्र साङ्घातिक हमला : अवस्था गम्भिर, आइसियूमा राखेर उपचार थालीयो

एजेन्सी । मुम्बई हमलाका मास्टर माइन्ड दाउदमाथि जेलभित्र साङ्घातिक हमला भएपछि उनको अवस्था गम्भिर बनेको छ । भारतीय मिडियाका अनुसार उनको वास्तविक नाम दाउद सैयद गिलानी हो । दाउद सैयद गिलानीको अहिले आइसियूमा राखेर उपचार थालीएको छ । स्रोतका अनुसार उनको अवस्था गम्भिर बनेको छ । हमलापछि हेडलीलाई गम्भिर चोट लागेको जसका कारण उनलाई नर्थ एवेस्टन हस्पिटलमा भर्ना गरिएको हो ।

मुम्बईमा सन् २००८ को नोभेम्बर २६ तारिखमा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटका मास्टरमाइन्ड पाकिस्तानी मूलका अमेरिकी नागरिक डेविड कोलम्यान हेडलीमाथि जेलभित्रका अन्य कैदीले साङ्घातिक हमला गरेको बिबिसीले उल्लेख गरेको छ । बिबिसीका अनुसार हेडलीमाथि जेलभित्रका दुई कैदीले हमला गरेका थिए । हेडलीमाथि हमला गर्ने दुई व्यक्ति आफ्नै दाजुभाइ भएको बिबिसीले उल्लेख गरेको छ । यी दुई पुलिसलाई हमला गरेको आरोपमा लामो सजायँ काटिरहेका कैदीको हमलापछि अस्पतालमा जीवन मरणसँग संघर्ष गरिरहेका दाउदको अवस्था के होला यसै भन्न सकिने अवस्था छैन ।ओ एस नेपाल बाट।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *