काठमाडौं – प्रधानमन्त्री ओलीले मार्सी चामल बास्मती जस्तो मिठो नहुने बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताउदै प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको समेत उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने, प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ फेसबुकमा राख्न होइन भेट भएकै हो ।’ विपक्षी कांग्रेस निरिह भएर मार्सी चामलको विज्ञापनमा हिँडेको पटक पटक बताएका ओलीले थपे बास्मती चामल खानेहरु मार्सी चामल भन्दै हिँडेको तर त्यस्तो मिठो पनि नहुने उल्लेख गरेका छन् ।ओ एस नेपाल बाट साभार।