Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

ग्रिसमा लागेको आगलागी, २० जनाको मृत्यु १०४ घाइते

ग्रिसमा लागेको आगलागी, २० जनाको मृत्यु १०४ घाइते

काठमाडौं । ग्रिसमा भिषण आगलागी भएको छ । ग्रिसको राजधानी एथेन्स वरपरका जंगलमा फैलिएको भीषण आगलागीमा मानवीय क्षति समेत भएको छ ।

उक्त आगलागीबाट कम्तीमा २० जनाको मृत्यु भएको छ भने एक सय चार जना जलेर घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हालसम्म करिब १० जना पर्यटक हराएका छन् भने मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगलागीको उच्च जोखिममा रहेका बस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक खटिए पनि प्रयास सफल हुन नसकेपछि ग्रिसले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *