Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

प्रेमिकाको घरमा आपत्तिजनक अवस्थामा भेटिएपछि ….

प्रेमिकाको घरमा आपत्तिजनक अवस्थामा भेटिएपछि ….

आफ्नी प्रेमिकालाई भेट्न उनको घर गएका युवकलाई गाउँलेले आपत्तिजनक हालतमा भेटेपछि रुखमा बाँधेर रामधुलाइ कुटेका छन् । प्रहरीले घटनाको सूचना पाएपछि घटनास्थल पुगेर युवकलाई नियन्त्रणमा लिएको छ । भारतको फतेहाबादको मिर्जापुरका ती युवकको धांगड गाउँकी युवतीसँग प्रेम थियो । यही कारण शनिबार उनी प्रेमिकाको घर पुगेका थिए ।

शनिबार युवतीका परिवार घरबाहिर गएका थिए । प्रेमिप्रेमिका रासलीलामा मस्त रहेका बेला छिमेकी महिला घरमा आएपछि कुरा बाहिरिएको थियो । ती महिलाले उनीहरुलाई देख्नासाथ हल्ला मच्चाइन् । लगत्तै छिमेकीहरु जम्मा भए र युवकलाई समाते । घटनाको सूचना युवतीका परिवारलाई दिइयो । त्यसपछि युवकलाई रुखमा बाँधेर रामधुलाइ कुटपिट गरियो । युवतीलाई पनि रुखमा बाँधियो । यही क्रममा कसैले यसको सूचना प्रहरीलाई दियो । घटनामा युवतीका परिवारले कुनै उजुरी दिएका छैनन् । युवकले भने कुटपिटको उजुरी दिएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *