Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

आत्मा जागेको भन्दै गाँउमा आतंक

आत्मा जागेको भन्दै गाँउमा आतंक

पथरी । मोरङको पथरीशनिश्चरे ९ ईन्द्रेणी चौकको एक घरमा आत्मा जागेको भन्दै गाँउमा आतंक फैलिएको छ । स्थानीय रामकृष्ण पौडेलको घरमा अधिँया जमिन कमाउन फागुन २५ गते देखि आएका पञ्चबहादुर खातिको परिवारमा यस्तो आत्मा जागेको भन्दै स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।खातिको दुई छोरी र श्रीमतीलाई १५ दिनअघि देखि यस्तो समस्या देखिएको बताईएको छ । दिनभरी केही नहुने र साँझ ठिक ७ बजे देखि चिच्याउने,कराउने,बर्बराउने,हातखुट्टा फाल्ने जस्ता समस्या देखिन थालेपछि स्थानीयमा समेत त्रास फैलिएको छ ।

कान्छी छोरी चन्द्रकुमारी खातीलाई १५ दिन अघि देखि यस्तो भएको त्यसपछी ७ दिन अघिदेखि माईली छोरी बिनाकुमारी खाती र आईतबारदेखि आमा मनमाया खातीमा यस्तो समस्या देखिएको हो । माईली छोरी बिनालाई देख्ने बितिकै कान्छी छोरी चन्द्रकुमारीले थुक्ने झम्टिने, चिच्याउने, मार्छु, खान्छु जस्ता शब्दहरु बर्बराउने गर्छिन ।

झापाको सौठाबाट बनिबुतो गर्न मोरङ पथरीशनिश्चरे आएका खाती परिवार पौडे्लको घरमा बसेर अधिया गर्दै आएका छन । कक्षा ५ मा अध्यानरत चन्द्रकुमारी १३ बर्षकी छिन भने दिदी बिना १९ बर्षकी छन । स्थानीयहरु आजसम्म कहिलै उक्त गाँउमा यस्तो खालको प्रबृती नदेखेको बताउँछन । धामी झाक्रीकोमा लाने र फुकफाक गर्न थालेपछी पहिलेकै अवस्थामा सामान्य हुने गरेको छ । घरको कान्छी छोरीलाई यस्तो अवस्था आएपछी धामी झाँक्री र औषधी उपचार गरेको तर हाल सम्म पनि केही परिवर्तन नआएको बाबू पञ्च बताउँछन । निम्न आर्थिक अवस्था भएका कारण छिमेकीहरु चन्दा संकलन गरि उपचार र झारफुक गर्दै गरेको छिमेकी बताउँछन । ५ भाइ छोरा ३ बहिनी छोरी गरि १० जनाको परिवार रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *