Search
Sunday 21 October 2018
  • :
  • :
Latest Update

खुकुरी प्रहारबाट गाईघाटमा श्रीमती गम्भिर, श्रीमान् पक्राउ

खुकुरी प्रहारबाट गाईघाटमा श्रीमती गम्भिर, श्रीमान् पक्राउ

उदयपुर । उदयपुर त्रियुगा नगरपालिकास्थित गाईघाट बजारमा खुकुरी प्रहार बाट एक महिला गम्भीर घाइते भएकी छन् । बेलुकी ७ बजेतिर पारिवारिक विषयमा भनाभन भएपछि सुवास पराजुलीले खुकुरी प्रहार गरी आफ्नै श्रीमती अर्पना पराजुलीलाई गम्भीर घाइते बनाएको हो ।

खुकुरी प्रहारबाट अर्पना पराजुलीको दायाँ टाउको र गर्धनमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचार गरी थप उपचारको लागि बाहिर पठाएको उदयपुर त्रियुगा अस्पतालले जनाएको छ । प्राथमिक उपचारको क्रममा पराजुलीको टाउकोमा १० वटा टाँका लगाउनु परेको छ । खुकुरी प्रहार गर्ने श्रीमान् पराजुलीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *