Search
Tuesday 18 December 2018
  • :
  • :

इतिहास भयो यातायात क्षेत्रको एकाधिकार, मन्त्री भन्छन् – बरु म फर्कन सक्छु, एकाधिकार फर्कंदैन

इतिहास भयो यातायात क्षेत्रको एकाधिकार, मन्त्री भन्छन् – बरु म फर्कन सक्छु, एकाधिकार फर्कंदैन

काठमाडौं – सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ ।केही यातायात व्यवसायीले भने अझै पनि कम्पनी वा फर्ममा दर्ता हुन अस्वीकार गर्दै आएका छन् । यो सरकारको नीतिको ठीक विपरीतको गतिविधि हो भने नागरिकको भावना र चाहनाविपरीतको व्यवहारसमेत हो ।

गृह मन्त्रालयले कुनै पनि यातायात समिति दर्ता नहुने र नगरिने भन्दै मातहतका जिल्ला प्रशासन कार्यालयलाई कडा निर्देशन दिएको छ । समितिको नाममा ज्यादती भएको, यात्रुले दुःख तथा हैरानी व्यहोर्नुपरेको विगतको अवस्थालाई कुनै पनि रुपमा फर्कन नदिनेमा गृह र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय प्रतिबद्ध छन् ।

भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले गत असार ३२ गते र त्यसैको निरन्तरतामा आइतबार आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा समेत जोड दिएर भन्नुभयो, “एकाधिकार अन्त्य भयो । अब कुनै पनि प्रकारको एकाधिकार फर्कंदैन । बरु म फर्कन सक्छु, एकाधिकार अब फर्कंदैन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *