Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

पेस्तोल र खुँडा बोकेर हिड्ने तरुण दलका नेता पक्राउ

पेस्तोल र खुँडा बोकेर हिड्ने तरुण दलका नेता पक्राउ

नवलपरासी, ७ साउन । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका जिल्ला नेता पेस्तोलसहित पक्राउ परेका छन् । तरुण दल नवलपरासी जिल्ला कमिटीका सदस्य किशोर आचार्य गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् ।

तरुण दलका नेता प्रहरीको सवारी चेकिङका बेला आइतवार साँझ बर्दघाटबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।स्थानीय स्तरमा ठेका–पट्टाको काम गर्ने आचार्य गुण्डागर्दीमा समेत संलग्नता रहेको आरोप लाग्ने गरेको छ ।

आइतवार उनी बा ९ च ९९६ नम्बरको गाडीमा पेस्तोल र खुँडा बोकेर हिँडेको अवस्थामा पक्राउ परेका हुन् ।उनको साथबाट मेड इन यूएस लेखिएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलको म्यागेजिन भने खाली रहेको प्रहरीको भनाइ छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *