Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

यी कामहरु सोमबार भुलेर पनि नगर्नुहोस, नत्र अशुभ हुनेछ!!

यी कामहरु सोमबार भुलेर पनि नगर्नुहोस, नत्र अशुभ हुनेछ!!

यी कामहरु सोमबार भुलेर पनि नगर्नुहोस नत्र अशुभ हुनेछ!! हिन्दु धर्ममा सोमबार को दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ ।यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र सुखशान्तिसँग बस्न सकियोस । तर धनकी देवीलाई खुशी बनाउन निकै कष्ट छ ।यदि जन्म कुन्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिईरहन्छ । शुक्रको प्रभावले कति रोगहरुको सामना गर्न पर्छ थाहा छ ? जसले तपाईको जीवनमा सुख नामको कुनै चीज रहँदैन ।जसका लागि तपाई नयाँ नयाँ उपाय गर्नुहुन्छ किनकी तपाई चाहानुहुन्छ की तपाईको ग्रह ठिक होस । माता लक्ष्मीको कृपा पाउनका लागि हामी के गर्दैनौ जसले माता हामीसँग खुशी रहुन ।यदि तपाई माताको कृपा पाउन चाहानु हुन्छ भने लक्ष्मीको पुजा गरिसकेपछि लक्ष्मी स्तुतीको पाठ गर्न जरुरी हुन्छ । जसले तपाईको मनोकामना पुरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः
आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि।

यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।।

सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र(पौत्र प्रदायिनि।

पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।।

विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि।

विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ। ।

सोमबार शिवको ब्रत किन बसिन्छ?

उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल/प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ।सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ।यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो?
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *