Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

तिमी र म उस्तै उस्तै!

तिमी र म उस्तै उस्तै!

बिहान घाम झुल्कीदा तिमी कोल्टे परेर सुत्छौ
म पनि थकाइ लाग्दो काम सुरू गछु॔
तिम्रो रात मेरो दिन
मेरो रात तिम्रो दिन
कसरी भेट हुन्छ अनि?
कसरी बात हुन्छ अनि?
फोनको लामो कन्ट्याक लिस्ट बिना
फेस बुकको खेतमा बाहेक
हेरा हेर र बोलचाल छैन
तिमी पनि बेसुरमै भत्भताउछौ
म पनि बेकाम्मै फत्फताउँछु
सपनामा पनि बिपनामा नि
जिवनचाय॔ तिम्रो व्यस्त छ
मेरो झनै शुन्य मस्त छ
म गीतमा भए तिमी संगीतमा
तिमी नृत्यमा भए
म निदे॔शनमा
म पुजाआज भेलामा भए
तिमी डिस्को, पाटीमा
मेरो सोच तिम्रो सिज॔ना
तिम्रो चाहना मेरो कामना
तिमीले आरीस् गदा॔
म आँखा बेसरी तछु॔
म भाग्यमा विश्वास गछु॔
तिमीमा धम॔मा विश्वास गछौ॔
त्यसैले जताबाट हेरे पनि
जति रूप रंग फेरे पनि
तिमी र म उस्तै उस्तै हौं
तिमी र म उस्तै उस्तै
हो उस्तै उस्तै!

– गोविन्द लुइँटेल
सिन्सी, अोहायो


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *