Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

नेपाल तरुण दलका कार्यकर्ता माथि प्रहरीले ताक्यो पेस्तोल, यसरी भयो खतरनाक झडप

नेपाल तरुण दलका कार्यकर्ता माथि प्रहरीले ताक्यो पेस्तोल, यसरी भयो खतरनाक झडप

दर्पणनेपाल डटकम :
शनिबार नेपाल तरुण दलले माइतीघर मण्डला देखि नया बानेश्वोर चोक सम्म गरेको विरोध प्रदर्शनमा नेपाल प्रहरीले हस्तक्षेप सहित गोलि प्रहार समेत गर्ने प्रयास गरेको थियो | प्रहरीले असुर ग्यास र लाठी चार्ज त गर्यो तर गोलि हान्न खोज्दा पत्रकारको क्यामराबाट बच्न खोजेर सकेन | होइन भने हिजो केहिको ज्यान समेत जाने सम्भावना रहेको थियो | एकैसुरमा विरोध प्रदर्शन गरिरहेको नेपाल तरुण दल माथि नेपाल प्रहरीले एकाएक लाठी चार्ज गर्न सुरु गरेको थियो | त्यसपछि नेपाल तरुण दल र प्रहरी बीच केहि समय झडप नै भयो | झडपमा परी नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतलाई टाउकोमा गम्भीर चोट लागेको छ | यस्तै उक्त झडपमै नेपाली तरुण दल पुर्व अध्यक्ष महेन्द्र यादव, नेपाली कांग्रेस ललितपुर पार्टी सभापति मदन अमात्य लगायत २०० जना भन्दा बढी घाइते भएका छन् |


उता नेपाल प्रहरीको पनि १ इन्स्पेक्टर सहित करिब ३ दर्जन प्रहरी घाइते भएका छन् | यस्तै नेपाल तरुण दलको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा एक सशस्त्र प्रहरी हातमा पेस्तोल लिदै प्रदर्शनकारीलाई लखेट्न निस्के | उनले त्यहि बीचमा समाचार संकलन र तस्बिर खिच्ने केहि पत्रकारलाई समेत पेस्तोल ताके | यस किसिमको प्रहरीको व्यवहारले पनि धेरै कुरा पुष्टि गर्दछ | वर्तमान सरकारले प्रहरी प्रशासनको आडमा के सम्म गरिरहेको छ भन्ने कुरा शनिबारको घटनाले बताउछ |


त्यसै गरी घाइते नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत सहित अरु घाइतेहरुको अवस्था बुझ्नको लागि नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ट नेता रामचन्द्र पौडेल , बालकृष्ण खाँण, राष्ट्रिय सभा प्रतिपक्ष संसदीय दलका नेता सुरेन्द्र पाण्डे, सह-महामन्त्री डा. प्रकाश शरण महत लगायतका नेताहरु सिविल हस्पिटल पुग्नुभएको थियो | घाइतेको अवस्था बुझेर नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आफुले ओली सरकारको यस दमनको विरुद्ध घोर आपत्ति रहेको बताउनुभएको छ |


यस्तै उहाले यस घटनाको घोर भर्त्सना तथा निन्दा समेत गर्नुभएको छ | यस्तै उहाले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफुले यस्ता किसिमको अधिनायकवादी दमन प्रवृति नचाहेको र काठमाडौँबाट पूर्णरुपमा निषेधित क्षेत्र हटाउनु पर्ने बताउनुभयो | यस्तै उहाले यो दमन प्रवृति ओली सरकारले बन्द नगरे यसको कडा मुल्य चुकाउनु पर्ने समेत चेतावनी दिनुभएको छ | त्यस्तै नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले प्रहरी प्रशासनको आडमा यो दमन सहितको हिंसा देखाउनु भन्दा वार्ता गरेर ओली सरकारले समस्याको समाधान निकाल्नु पर्ने बताउनुभयो |


यता नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले घाइते अवस्थामा नै पत्रकारहरु संग कुरा गर्दै ओली सरकारको यो दमनबाट र प्रहरीको लाठीबाट आफु र आफ्नो संगठन नडराउने बताउनुभयो | यस्तै उहाले अबको दिन नेपाल तरुण दललाई दमन गर्न खोजेको ओली सरकारले ठुलो परिणाम बोग्नु पर्ने समेत बताउनुभयो | त्यस्तै उहाले ओली सरकारले २ तिहाई बहुमतको दम्भमा उफ्रेर लोकतन्त्रको ताकतलाई बिर्सिएको भन्दै राणा र राजालाई फालेको नेपाली कांग्रेस र नेपाल तरुण दलले ओली सरकारलाई समेत जरा देखि नै उखालेर फाल्ने कडा चेतावनी समेत दिनुभएको छ |



यस्तै नेपाली प्रहरीले प्रदर्शन सकिए पछि पनि क्याफेमा बसेर खाजा खाईरहेका व्यक्तिहरुलाई समेत नेपाल तरुण दलको नाम लिदै निर्मम तरिकाले कुटपिट गरेको थियो | यस्तै नेपाल प्रहरीले नेपाल तरुण दलका ३ जनालाई पक्राउ गरेको थियो भने केहिलाई बेपता पारेको समेत नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले जानकारी दिनुभएको छ | यस्तै तत्काल नै एक विज्ञप्ति जारी गर्दै उहाले देशभरका जिल्ला प्रशासन कार्यालयमा नेपाल तरुण दल माथि हिजो भएको दमन र के.पी ओली सरकारको अधिनायकवादी चरित्रका विरुद्धमा आज १ बजे विरोध प्रदर्शन गर्दैछ |


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *