अमेरिकन हार्ट एसोसिएसनका अनुसार वयस्एका पुरुषको दिनभरको डाइटमा गुलियोको मात्रा १ सय ५० क्यालोरीभन्दा बढी हुन हुँदैन । महिलामा यो मात्रा १ सय क्यालोरी हुनुपर्छ। यद्यपी हाम्रो दिनभरको खानपानमा आवश्यक्ताभन्दा बढी गुलियो ग्रहण गरिरहेका हुन्छौ। यहि कारण हाम्रो शरीरमा अतिरिक्त क्यालोरी र टक्सिन जम्मा हुन्छ । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्ने नै भयो।
यस्तो अवस्थामा तपाई स्वंमले परीक्षण गर्न सक्नुहुन्छ कि, गुलियो पदार्थ छाड्दा शरीरमा कस्तो परिवर्तन हुन्छ ? एक महिना मात्र गुलियो पदार्थ सेवन नगर्नुहोस्, केहि सकारात्मक परिवर्तन पाउनुहुनेछ।
के हुन्छ त त्यस्तो परिवर्तन ?
१. गुलियो खानेकुरामा क्यालोरी बढी हुन्छ । यसले शरीरमा अतिरिक्त बोसो जम्मा गराउँछ । यहि कारण तौल बढ्छ । यदि गुलियो खान छाड्नुभयो भने, महिनामै तपाईको तौल नियन्त्रणमा आउँछ।
२. धेरै गुलियो पदार्थ सेवन गर्दा पेन्क्रियाजमा धेरै इन्सुलिन बन्छ। यसले ब्लड सुगर लेभल बढ्छ। र, थकान लाग्छ । यदि गुलियो पदार्थ खान छाडियो भने, शरीरमा स्फूर्ति बढेको अनुभूत हुन्छ।
३. गुलियो पदार्थ सेवन नगर्दा शरीरमा प्रतिरक्षा क्षमता राम्रो हुन्छ। यसले रोगबाट बचाउँछ।
४.गुलियो पदार्थ खाइरहने बानी छ भने त्यसले मस्तिष्कमा सेरोटोनिन नामक रसायन रिलिज हुन्छ। यसले गुलियोको तलतल लागिरहन्छ । त्यसैले गुलियो खान छाड्नुभयो भने त्यसको तलतल पनि लाग्दैन।
५. ब्लड शुगर लेभलमा धेरै उतार चढावको कारण एक्जाइटी र डिप्रेसन बढ्छ। गुलियो खानेकुरा छाडेपछि यसमा नियन्त्रण हुन्छ ।
६. गुलियो पदार्थ सेवनले ब्लड सुगर लेभल बढाउँछ, जसले मधुमेहको संभावना बढाउँछ । यदि गुलियो खान छाडियो भने, मधुमेहको खतरा कम हुन्छ।
७. धेरै गुलियो पदार्थ सेवन गर्दा उच्च रक्तचाप बढ्ने खतरा रहन्छ। यदि गुलियो खान छाडियो भने रक्तचाप नियन्त्रण हुन्छ।
८. गुलियो खान छाडेपछि शरीरमा राम्रो र नराम्रो व्याक्टेरियाको सन्तुलन मिल्छ। यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ।
९. ब्लडमा शुगर लेभल बढ्नाले छालामा अनेकन समस्या देखापर्छ। गुलियो खानेकुरा छाडेपछि छालाका यस्ता समस्याहरु स्वत हट्छ ।
गुलियो खानेकुरा कति हानिकारक ?
गुलियो खानाले मोटोपन, मधुमेह, हृदय रोग र दाँतको समस्या हुन्छ । विभिन्न अध्ययनबाट के पाइएको छ भने, मीठो खाद्य पदार्थ (जस्तो, कोल्ड ड्रिंक, रेडिमेड जुस, चकलेट, क्यान्डी, मीठाई, डेजर्ट आदि)को सेवन र शारीरिक श्रम कम हुँदा मोटोपनको संभावना अधिक हुन्छ। यसैले इन्सुलिन प्रतिरोध, मोटाबोलिक सिन्ड्रोम, मधुमेह, हृदयरोग आदिको खतरा निम्त्याउँछ।
अतिरिक्त गुलियोबाट कसरी बच्ने ?
चिनीजन्य खानेकुरा, कोल्ड ड्रिंक, चकलेट आदिको सेवन गर्नु भन्दा प्राकृतिक फलफूल सेवन गरौ। ताजा फलको जुस, नरिवल पानी, सादा पानी आदिले प्यास मेटौ। शुद्ध पानी शरीरको लागि एकदमै लाभदायक हुन्छ।चिनीजन्य गुलियो पदार्थको धेरै विकल्प छन् । मह, खजुर, गुड आदि सेवन गर्न सकिन्छ । यद्यपी यस किसिमको खानेकुरा पनि सन्तुलित र सहि मात्रामा सेवन गर्नुपर्छ।