Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

४ दिनसम्म बन्धक बनाएर विवाहित महिलाको ४० जनाले गरे सामुहिक बलात्कार

४ दिनसम्म बन्धक बनाएर विवाहित महिलाको ४० जनाले गरे सामुहिक बलात्कार

एजेन्सी । एक विवाहित महिलालाई ४ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरिएको छ। ती महिलालाई नसाको इन्जेक्शन दिएर ४ दिनमा ४० जनाले सामुहिक बलात्कार गरेका हुन्।

यो घटना भारतको हरियाणस्थित पंचकुला भन्ने स्थानको हो। पीडित महिलाको उजुरीपछि प्रहरीले दुई आरोपीलाई पक्राउ गरेको छ। पंचकुलाको मोरनी हिल्स क्षेत्रमा रहेको एक गेस्ट हाउसमा बधक बनाएर ती महिलालाई सामूहिक बलात्कार गरिएको थियो।

बलात्कारमा परेकी महिलाले आफ्ना पतिलाई फोन गर्न खोज्दा होटल संचालकले उनको मोबाइल खोसिदिएका थिए। ४ दिनपछि महिलाले लुकीछिपी गेस्टहाउसबाट बाहिर आएर आफ्ना पतिलाई फोन गरेकी थिइन्। पीडित पत्नीसहित पति पहिले न्यायको खोजी गर्दै पंचकुला प्रहरी कहा जादा बिना कारबाही प्रहरीले चन्डीगढ मनिमाजरा चौकीमा पठाएको थियो।

मनिमाजरा प्रहरी चौकीले महिलाको मेडिकल जाँच गरेर आरोपी विरुद्ध मुद्दा दर्ता गरेको छ। प्रहरी मुख्य आरोपी होटल संचालक सन्नी र अर्का एक जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

होटल सञ्चालकले ती महिलालाई प्रति महिना १२ हजार रुपैयाँ तलब दिने प्रलोभनमा आफ्नो फार्म हाउसमा लगेका थिए। त्यसपछि उनले महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गराएका थिए।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *