Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

बालविकास केन्द्रमा १० लाख बालबालिका

बालविकास केन्द्रमा १० लाख बालबालिका

काठमाडौँ । समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ।प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन्। प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालिका पाँच लाख पाँच हजार र बालक पाँच लाख १४ हजार छन्।

समाजले यहाँ शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सत्या पहाडीले प्रारम्भिक बालविकासको विषय संविधानको मौलिक हक रहेको बताउँदै अब ऐन बनाउँदा उक्त विषयलाई थप व्यवस्थित गरिने बताए।समाजका अध्यक्ष डा किशोर श्रेष्ठले दिगो विकासका लक्ष्यमा १७ लक्ष्य रहेकामा ११ लक्ष्य बालविकाससँग सम्बन्धित रहेको जानकारी दिए।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *