Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक भएको छ। शुक्रबार हाइलाईट्स नेपालको अफिसियल युट्युब च्यानलबाट “पैसा फेक तमाशा देख” बोलको आइटम गीत सार्वजनिक गरिएको हो।

नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन्। उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आर. जे.को) आवाज रहेको छ भने संगीत पनि गायक आफैले भरेका छन्।

गीतका शब्द टुरिस्ट जङ बि.के.ले लेखेका हुन् भने गीतलाई एरेन्ज मोहित मुनालले गरेका हुन्। गीतमा दिपक याम सिंहको नृत्य निर्देशन रहेको छ। विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’यही भाद्र १ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको छ।

चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा्पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन्। चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *