Search
Tuesday 18 December 2018
  • :
  • :

जुम्लामा प्रहरिको ज्याजती | डा गोविन्द के.सि लाई काठमान्डौ ल्याइयो _(भिडियो सहित)

जुम्लामा प्रहरिको ज्याजती | डा गोविन्द के.सि लाई काठमान्डौ ल्याइयो _(भिडियो सहित)

बिहीबार उपचारका लागी त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका बिरामीका आफन्त र चिकित्सकबिच विवाद भयो ।
उपचारका लागि पुगेका सर्वसाधारण, आन्दोलनर्त चिकित्सक र अस्पताल प्रशासनबीच उपचारका बिषयमा तनाव उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सर्वसाधारणले उपचार पाउनुपर्ने माग गरेका थिए भने चिकित्सकहरुले आन्दोलन रहेको बताएपछि विवाद देखिएको हो ।

चिकित्सकहरु बीचमा पनि उपचार गर्ने र नगर्ने भन्नेबारे समेत बिवाद भएका थियो । बाम गठबन्धन सर्मथन डाक्टरहरुले उपचार गर्नुपर्ने र अस्पताल बन्द गर्न नहुने बताए भने काँग्रस निकट डाक्टरहरुले भने गोबिन्द केसीको सर्मथनमा अस्पताल बन्द गर्नुपर्ने भनेपछि डाक्टरहरु बीच पनि केहीबेर तनाब सृजना गर्यो ।

जुम्लास्थीत कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । उनको स्वास्थ्यमा खराबी देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याईएको हो । ल्याइएको हेलिकोप्टर सैनिक मञ्चमा अवरण गरेको थियो भने त्याहावाट एम्वुलेन्समा काठमाडौंको महराजगंजस्थीत शिक्षण अस्पताल लगिएको थियो । उनलाई लिन जुम्ला जाँदा स्थानीय र डा. केसी समर्थकहरुसंग शुरक्षाकर्मीको झडप भएको थियो । झडपमा परेर केही स्थानीय सहित १० जना घाईते भएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *