Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

मौसम विज्ञान विभागले निकाल्यो अति जरुरी सुचना, यी स्थानमा अति सतर्कता अपनाउनुपर्ने

मौसम विज्ञान विभागले निकाल्यो अति जरुरी सुचना, यी स्थानमा अति सतर्कता अपनाउनुपर्ने

काठमाडौं। मनसुन सक्रिय भएकाले आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले अति जरुरी सूचना नै जारी गरेको छ ।

सुचना अनुसार वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ । त्यसैले नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु आइतबारदेखि सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले अनुरोध गरेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *