Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

बेसारको चक्कीबाट क्यान्सरकाे हार, महिलाले देखाइन् यस्ताे चमत्कार ! राम्रो कुरा, सक्दो सेयर गरौ

बेसारको चक्कीबाट क्यान्सरकाे हार, महिलाले देखाइन् यस्ताे चमत्कार ! राम्रो कुरा, सक्दो सेयर गरौ

मानिसहरु घरेलु उपचार पद्धतिमा कम ध्यान दिने गर्दछन् । के यस्ले निको होला र भन्ने धारणा उनीहरुमा रहेको हुन्छ । कहिलेकाहीँ त्यस्ता उपचार विधिले मानिसहरुमा नराम्रो असर पनि परेको त हुन्छ नै यसका साथै डाक्टरहरुको निगरानी र सल्लाह बिना केही कुरा खानाले कहिलेकाहीँ मानिसको ज्यान जान पनि सक्छ ।

तर व्रिटेनकी एउटी महिलाले घरेलु औषधीको प्रयोगबाट नै प्राणघातक रोग मानिने ब्लड क्यान्सरलाई नै हराइदिएकी छिन् । त्यो पनि यस्तो स्थितिमा जब रोग बढेका कारण डाक्टरहरु नै डराएका थिए । व्रिटेनमा रहदै आएकी ६७ बर्षीया डिएनेक फेर्गसन गत पाँच बर्षदेखि क्यान्सरबाट पीडित थिईन् । उनमा डाक्टरको औषधी र उपचारबाट केही पनि फाइदा भइरहेको थिएन । अन्त्यमा उनले बेसारको गोली खान सुरु गरिन् र क्यान्सरलाई नै हराएर एउटा उदाहरण नै बनिदिइन् ।

एक खबरका अनुसार फेर्गसन एउटी यस्ती महिला हुन्, जसको उपचार बन्द भएपछि बेसारको चक्की खानाले क्यान्सर ठीक भएको हो । उत्तरी लन्डनमा रहदै आएकी फेर्गसनलाई अपांग नै बनाउने वाला क्यान्सर ‘माएलोमा’ को उपचारका क्रममा ३ पटक कीमोथेरेपी (रसायन चिकित्सा) र एकपटकमा नै चारवटा स्टेम सेल प्रत्यारोपण गरिएको थियो ।

तर यसबाट उनको दुखाई झन् बढेको थियो । उपचारका क्रममा जब दुईपट ठीक भएर उनी बिरामी भईन् डाक्टर पनि यस कुरालाई लिएर डराइरहेका थिए कि, अब फेर्गसनलाई बचाउन एकदमै मुस्किल छ ।

तत्काल उनको प्लाजमा सेल धेरै नै कम भएको छ । उनले आफ्नो जीवनमा धेरै नै सुधार आएको बताएकी छिन् । खासमा प्लाजमा सेल एक प्रकारको सेतो रगत कोशिका हुने गर्दछ । जुन माएलोमाका साथ असामान्य र अनियन्त्रित तरिकाबाट बढ्ने गर्दछ ।

फोर्गसनले डाक्टरको उपचार बन्द गरेर दैनिक आठ ग्रामको बेसारको एउटा गोली खान सुरु गरिन् । यहीँ प्रक्रिया लामो समयसम्म चल्यो । जब उनी केही बर्षपछि डाक्टरकोमा पुगिन् त उनीहरु फेर्गसनको स्वास्थ्यमा सधार भएको देखेर हैरान नै भए ।

फेर्गसनको उपचार गरिरहेका बार्ट्स हेल्थ एनएचएस ट्स्टका डाक्टरले व्रिटिश मेडिकल जर्नल केस रिपोर्टमा लेखे, मेरो जानकारीमा यो पहिलो रिपोर्ट हो । करक्यूमिनभन्दा जरुरी उपचार बन्द हुनका बाबजुद लगातार बढिरहेको बिमारी ठीक भयो ।

यद्यपी यो गोली भान्छामा प्रयोग हुने बेसारको नभई त्योभन्दा अलग खालको हो । १० दिनको गोलीको मूल्य करिब ७ हजार रुपैयाँ रहेको छ । यसमा अधिक मात्रामा करक्यूमिन हुने गर्दछ । जबकि भान्छामा प्रयोग गरिने बेसारमा केबल दुई प्रतिशत मात्र हुने गर्दछ । विशेषज्ञहरुका अनुसार एसियाली क्षेत्रमा बेसारको उपयोग अल्जाइमर, मुटु र डिप्रेसन जस्ता बिमारीको उपचारका लागि गरिन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *