Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

जीवन मरणको सँघारमा पुगेका मनराजलाई बचाउन परिवारले गरे सहयोगको अपिल, कृपया सहयोग गरिदिनु होला सबैले सक्दो शेयर गरौ

जीवन मरणको सँघारमा पुगेका मनराजलाई बचाउन परिवारले गरे सहयोगको अपिल, कृपया सहयोग गरिदिनु होला सबैले सक्दो शेयर गरौ

काठमाडौं । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वाड नँ ४ (साबिक सम्दु गा.बि.स वाड नँ ८) सँगपुका एक युवालाई दाँतको क्यान्सर भएपछि उनको उपचारको निम्ति परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।

 

नरबहादुर लिम्बू र पदमायाको कन्छा छोरा २२ बर्षिय मनराज लिम्बूको दाँत उखेले पछि क्यान्सरले ग्रसित भएका हुन् । किराले खाएको सामान्य दाँत तेह्रथुम म्याङ्लुङ स्थित एक डेन्टल क्लिनिकमा उनले गएको बैशाखमा दाँत उखेलेको र पछिल्लो समय उनमा क्यान्सर भएर गाला सुन्निएको र जिवन मरणको सँघारमा पुगेको मनराजका दाई बाल लिम्बुले बताएका छन् ।

 

उनको हाल नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भईरहेको छ । उपचारमा धेरै खर्च लाग्ने साथै आफ्नो परिवार सामान्य र आर्थिक अवस्था पनि कमजोर भएको कारण उपचारको लागि आर्थिक याचना गर्नुपरेको लिम्बुले बाताएका छन । उनलाई सहयोग गर्न चाहानेले सिभिल बैंकको खाता नम्बर (02110166848013) मा रकम सँकलन गरी सहयोग गर्न सक्नुहुनेछ । कृपया सहयोग गरिदिनु होला ।

  • सम्पर्कका लागि पिँडितका दाजु बालकुमार लिम्बु 9842599126

Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *