Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

गायक राजेश पायल राईको स्वरमा रहेको “जसले पनि“बोलको गीत सार्वजनिक

गायक राजेश पायल राईको स्वरमा रहेको “जसले पनि“बोलको गीत सार्वजनिक

काठमाडौ – मेघा स्टार, राई इज किङ्गको उपनामले चिनिएका गायक राजेश पायल राईको स्वरमा “जसले पनि“बोलको गीत सार्वजनिक भएको छ । जादुमय स्वर भएका गायक राजेश पायल राईको स्वरमा रहेको यो गीतको शब्द रचना गीतकार बबिता राईले गरेकी हुन् भने गीतको शब्दमा संगीत भर्ने काम महेन्द्र राईले गरेका छन् ।

प्रवासमा रहेर पनि नेपाली गीत-संगीतलाई अत्यान्तै माया गर्ने गीतकार बबिता राईको यो गीत पनि अत्यान्तै मार्मिक रहेको छ । मिलन पछाडिको बिछोडमा छातीभित्र उकुश मुकुश भएका पिडाहरुलाई छाताछुल्ला, असरल्ल बनाएर लेखिएको गीतको शब्दमा पिडै पिडाका भावहरु झल्काएका छन् संगीतकार महेन्द्र राईले । महेन्द्र राई पछिल्लो समयका निक्कै व्यास्त संगीतकार हुन् भने उनि समाजसेवामा पनि निक्कै अगाडि रहेका छन् ।

महेन्द्र दिपा च्यानलबाट सार्वजनिक उक्त गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् भने, राजेश थापाले रेकर्ड र किशोर थापाले मिक्सिङ्ग गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि निक्कै उत्कृष्ट बनेको छ । संजिव कटवाल, एन्जल भण्डारी, कमल जंग र सुर्य ओलीले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई छायांकन, सम्पादन र निर्देशन रन्धिर श्रेष्ठले गरेका हुन् । यो गीतको सहायक निर्देशको रुपमा भने आसितोश बुढाथोकी रहेका छन् ।म्युजिक भिडियो यहाँ हेर्नुहोला


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *