Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

फिल्म ’सुश्री सम्पति’ को गीत ’हुकुम’ छायाँकन

फिल्म ’सुश्री सम्पति’ को गीत ’हुकुम’ छायाँकन

भाद्र २२ मा प्रदर्शन हुने फिल्म ’सुश्री सम्पति’ को गीत ’हुकुम’ छायाँकन भईरहेको छ । गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस रहेको यस गीतमा सलोन बस्नेत , सारा श्रीपाइली र बिनोद न्यौपाने फिचर्ड छन् । गीतलाई गम्भीर बिस्टल कोरियोग्राफ गरिरहेका छन् ।

उक्त गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतको भिडीयोलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् । फिल्ममा रङ पत्रकार सुव्रत आचार्यको लेखन तथा निर्देशन, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा प्रियंका कार्कीको अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ लाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले सयुक्त निर्माण गरेका हुन् । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *