Search
Sunday 21 October 2018
  • :
  • :
Latest Update

नेपालमै बन्यो ३५ लाखमा यस्तो पुल पूरा जान्नु होस ।।

नेपालमै बन्यो ३५ लाखमा यस्तो पुल पूरा जान्नु होस ।।

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने फेदी स्थित दाङखोलामा बेलिब्रिज जडान भएको छ ।दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको पहलमा दाङखोलामा बेलिब्रिज निर्माण भएको हो ।

बेलिब्रिजको शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गरेको थियो । बेलिब्रिज जडान भएपछि धवलागिरी गाँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दालाई सुबिधा पुगेको छ ।

वि.स २०७० मा दरवाङ हुदै ताकममा सडक पुगेको थियो । २१.२० मिटर लामो बेलिब्रिज निर्माणमा ३५ लाख आठ हजार ४८ रुपैया लगानी भएको गाउँपालिकाका असिस्टेन्ट सब ईञ्जिनियर दिपेन्द्र थापाले बताए । गाउँ पालिकाको ३३ लाख २८ हजार रुपैया अनुदान र दुई लाख ८४ हजार ७८ रुपैया बराबरको जनसहभागीतामा पुल निर्माण भएको हो ।

तिन वटा पाँच मिटर अग्लो पक्कि पिल्लर बनाइएको पुलमा आठ वटा फलामका बिम राखिएको छ । फलामका बिम माथि सल्लाका काठ राखेर सवारी गुडाउने व्यवस्था मिलाइएको अर्का असिस्टेन्ट सब ईञ्जिनियर बालकृष्ण पौडेलले बताए ।

बेलिब्रिजको पिल्लरको दायादायाँ ग्यावियन पर्खाल बनाएर संरक्षण गरिएको छ । यो योजना धवलागिरी गाउँपालीकामा चालु आर्थिक वर्षको गौरवको आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *