Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

कल्पना संग प्रेममा बाधिए पदम, मायाको संसारमा यसरी डुल्दै यो जोडी

कल्पना संग प्रेममा बाधिए पदम, मायाको संसारमा यसरी डुल्दै यो जोडी

दर्पणनेपाल डटकम :
एक पछि अर्को सफल म्युजिक भिडियो दर्शकहरु माझ पेश गरिसकेका मोडल पदम लामाको अर्को नया म्युजिक भिडियोको छायांकन सकिएको छ | यसपटक यो भिडियो भने रोमान्टिक जनरामा रहेको छ | यसमा उनले मोडल कल्पना गुरुङ संग भरपुर रोमान्स गरेको देखिन्छ | भिडियो छायांकनको केहि तस्बिरहरु यति बेला सार्वजनिक भएको छ | सार्वजनिक तस्बिरले नै भिडियोको बारेमा धेरै कै कुरा बोलेको देखिन्छ | फरक अभिनय गर्न सक्ने पदम लामाको क्षेमता वृद्धि यस भिडियोमा देखिन संकेत बाहिर आएको छ | यो भिडियोमा पहिलोपटक नै कल्पना संग पदमको जोडी बाधिएको हो | तर पहिलोपटक नै भएता पनि यी २ कलाकारले नै कुशल अभिनय गरेको देखिएको छ |

म्युजिक भिडियोको यस गीतमा योग्ज्योती क्न्याशीको शब्द निम संगीतको संगीत र गगन सरगम र अन्जना गुरुङको सुमधुर स्वर समावेश रहेको छ | यस्तै यस भिडियोमा सुन्दर लावतीको छायांकन र निर्देशन रहेको छ | निर्माण पक्षले भिडियोमा गीतको भावलाई निकै राम्रो संग पेश गर्न खोजेको देखिन्छ | अवश्य पनि यो भिडियोले धेरै दर्शकहरुको मन जित्ने विश्वास मोडल पदम लामाले ब्यक्त गरेका छन् | धेरै लामो समय देखि म्युजिक भिडियो अभिनयमा निकै सक्रिय भएर लागिपरेका मोडल पदम लामाको अहिले छुट्टै परिचय निर्माण भईसकेको छ | दर्शकहरुले आफुलाई दिएको माया र सम्मानको लागि उनले सबै धन्यवाद समेत दिएका छन् | यस्तै यस नया म्युजिक भिडियोको बारेमा बोल्दै पदमले आफुले यस भिडियोमा पनि सक्दो मेहेनत गरेर प्रस्तुति दिएको बताए |

उनले आफ्नो यस नया भिडियो निर्माणमा साथ दिनुभएकोमा एन.बि अन्जन, सुरेश लामा र मिन तामाङलाई धेरै धन्यवाद ज्ञापन गरेका छन् | हुन त उनको अभिनय क्षेमताका कारण नै उनको दर्शकहरु माझ फरक परिचय निर्माण भईसकेको छ | तर पनि उनले मेहेनत अझ बढी गर्नुपर्ने सुझाब उनलाई दर्शकहरुबाट अहिले पनि आईनै रहेको छ | उनले आफुले दर्शकहरुको प्रतिक्रिया र सुझाबलाई मध्य नजर राखेर आगाडी काम गरिरहेको उल्लेख गरेका छन् | आफ्नो हौसलाको केन्द्र भनेको नै दर्शकहरुको साथ र माया अनि प्रतिक्रिया रहेको बताउदै उनले आगामी दिन अझ बढी मेहेनत गर्ने र दर्शकहरुलाई अझ राम्रो प्रस्तुति दिने प्रयास गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् | उनको आगामी दिन कस्तो रहने हो त्यो भने समयले नै बताउने छ |


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *