Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन् । सिधाकुराको २५० भाग पुरा ! (भिडियोसहित)

अदभुत बालक जो नहेरीकनै अक्षर पढ्छन्,रङ पत्ता लगाउँछन्,मान्छे चिन्छन् । सिधाकुराको २५० भाग पुरा ! (भिडियोसहित)

सिधाकुरा जनतासँग/रबि लामिछाने/न्यूज २४ टिभी । आज हाम्रो कार्यक्रमको २५० औँ श्रृङखला हो । यहाँसम्म आइपुग्दा हामी कयाैं का प्रिय भयाैं र सयौँका दुश्मन भयौँ । स,सना बिषयमा ठुलो ठुलो आवाज उठाउन हामीले गरेको प्रयास जुन स्तरले हुर्किदैछ, त्यसलाई हेर्दा लाग्छ, गरे हुने रहेछ । राजनीतिक ठुला ठुला बहस चलिरहँदा सर्वसाधारणको दैनिकी किन असहज हुने ?

मेलम्ची कहिले आउँछ थाहा छैन, जहिले आएपनि ठिक छ तर मेलम्ची नआउन्जेल पैसा तिरेर किनेको जारको, बोत्तलको पानीमा पनि विषादी ? आज सर्वसाधारण जनताले तरकारी खान डराउनु परेको छ, औषधि किन्दा आत्तिनु परेको छ, बाटो हिड््दा कतिखेर खाल्डोमा परेर गोडा मर्किने हो थाहा छैन, बर्खा याममा सार्वजनिक सवारी चड्न डराउनु परेको छ ।ठुला ठुला वहसको उपादयता माथि प्रश्न गरेको होइन तर १२ रुपैयामा किसानसँग किनेको तरकारी उपभोक्ता भान्छामा पुग्दा ८० रुपैयाँ हुन्छ । सिचाइका बडेमानका योजना बनिरहँदा घर घरका समस्या बर्षौदेखि ज्युको त्यु भैरह्यो ।

बस हामी यसैमा केन्द्रित हुन चाहेको मात्र हौ तर यति जाबो झिना मासिना कुरामा बोल्ने हामी बबुराहरुको आवाजले टाउको दुखेर, केही मानिसहरु हैरान छन् ।ठुला कुरा ठुला काम हँुदै गर्लान तर विजुलीको मिटर जोड्न घुस नखुवाई हुँदैन, एउटा खुट्टामा रोग छ अर्को खुट्टामा उपचार हुन्छ, सामुदायिक विद्यालयमा पढाउन पुस्तक, टेबुल, कुर्सी, शिक्षक छैनन्, नीजि स्कुल पढाउन तलबले कमाइले पुग्दैन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *