Search
Sunday 21 October 2018
  • :
  • :
Latest Update

कार्टुन्ज क्रुको पानी कुवाको बोलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

कार्टुन्ज क्रुको पानी कुवाको बोलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् ।साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोम उनको छोटो भुमिका छ ।

गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् ।उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *