Search
Tuesday 18 December 2018
  • :
  • :

त्रीभुवन अन्तराष्ट्रीय विमानस्थलबाट आयो अर्को यस्तो दुखद खबर ! पूर्ण विवरण हेरी शेयर गरौँ

त्रीभुवन अन्तराष्ट्रीय विमानस्थलबाट आयो अर्को यस्तो दुखद खबर ! पूर्ण विवरण हेरी शेयर गरौँ

पाँच वर्ष अवधिमा अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३८ क्विन्टल सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाल रहेको छानबिन टोलीको निष्कर्ष छ।तस्करी छानबिन गर्न सरकारद्वारा गठित विशेष टोलीका अनुसार दुबईबाट सुन ल्याउन रकम जुटाउने काम अग्रवालले गर्थे।

अग्रवालभन्दा माथि अरु कुनै व्यक्ति अहिलेसम्म पहिचान नभएको टोलीका एक सदस्यले बताए। उनी फरार छन्।ग्रवालले जम्मा गरेको रकम विमल पोदार लगायत व्यक्तिले हुन्डीमार्फत् सम्बन्धित ठाउँ पुर्याउने गरेको टोलीले खुलासा गरेको छ।

तस्करीको ३३ किलो सुन हराएको विषयमा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो।एक सय दुई दिनको अनुसन्धान क्रममा टोलीले सुन तस्करीसँग जोडिएका विभिन्न पक्ष केलाएको थियो। यो सुन तस्करीसँग सम्बन्धित अहिलेसम्मकै ठूलो अनुसन्धान हो।

टोली आफ्नो छानबिन प्रतिवेदनलाई अन्तिम रुप दिने क्रममा रहेको स्रोतले जनाएको छ।विमानस्थलबाट सुन ओसारपसार गर्ने काम ‘गोरे’ भनिने चूडामणि उप्रेतीले गर्दै आएको टोलीको निष्कर्ष छ।यसनिम्ति विमानस्थलदेखि प्रहरी, प्रशासनिक र राजनीतिक तहमा ‘सेटिङ’ मिलाउने जिम्मा राप्रपा प्रजातान्त्रिक नेता भुजुङ गुरुङ र उनकै साला छिरिङ गुरुङको थियो। राम तिवारी भन्ने व्यक्ति पनि गोरेको अवैध धन्दा संरक्षणमा संलग्न पाइएको छ।

उता दुबईमा सुन किनेर नेपाल पठाउने काम गोरेका भाइ रमेश उप्रेती, सन्दीप खड्का लगायतले गर्दै आएका थिए। रमेश दुबईमा पक्राउ परिसकेका छन्। उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।यो घटनामा जम्मा ६९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।तस्करी समूहलाई सघाएको भन्दै नेपाल प्रहरीका एसएसपी श्याम खत्री, पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकास खनाल, डिएसपी सञ्जय राउत पुर्पक्षका लागि थुनामा छन्। गोरेसँग प्रत्यक्ष संलग्नता देखिएपछि उनीहरुलाई कानुनी दायरामा ल्याएको छानबिन टोलीको दाबी छ।

सनम हत्याको अनुसन्धान क्रममा घटनाका मुख्य पात्र गोरेलाई उन्मुक्ति दिलाउन खोजेको भन्दै तत्कालीन महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीसहित तीन जनालाई कारबाही सिफारिस गरिएको छ। उनीहरु पुर्पक्षमा छन्।‘हामीलाई सरकारले जे काम दिएको थियो, त्यो पूरा गरेका छौं,’ छानबिन टोलीका एक सदस्यले सेतोपाटीसँग भने, ‘अहिलेसम्मको छानबिनबाट पाँच वर्ष अवधिमा तस्करी भएको ३८ क्विन्टल सुनमा मोहन अग्रवालको लगानी देखिएको छ। उनकै लगानीको सुन नेपाल भित्र्याएर विभिन्न ठाउँ पुर्याउन गोरे, भुजुङ लगायतका व्यक्ति संलग्न थिए।’

यति ठूलो संगठित तस्करी सञ्जाललाई राजनीतिक तहबाटै संरक्षण गरिँदै आएको कुरा उठे पनि कसैको नाम पहिचान गर्न टोली असफल रह्यो। टोलीले अन्तिम रुप दिने क्रममा रहेको प्रतिवेदनमा भुजुङबाहेक अन्य कुनै नेता मुछिएको छैन।’हामीले दुबईबाट सुन पठाउनेदेखि यहाँ सेटिङ मिलाएर ओसारपसार गर्ने र त्यसमा लगानी गर्ने व्यक्ति सबै पहिचान गरिसकेका छौं,’ ती सदस्यले भने, ‘तस्करी सञ्जालका मुख्य व्यक्ति यिनीहरु नै हुन्। राजनीतिक नेताहरुको पनि संरक्षण हुनसक्छ तर त्यसलाई सावित गर्ने प्रमाण फेला पर्न सकेन। विनाप्रमाण कसैलाई आरोप लगाउनु गलत हुन्छ।’

यो तस्करी सञ्जालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक-पटक गरेर पछिल्लो पाँच वर्षमा ३८ क्विन्टल सुन भित्र्याएको हो।तस्करीकै क्रममा भित्रिएको ३३ किलो सुन हराएपछि सबै घटना खुलासा भएको थियो।

हराएको भनिएको सुन खोज्ने क्रममा यही सञ्जालसँग जोडिएका तीन जनाले ज्यान गुमाए। सनम शाक्यको मोरङमा हत्या गरियो भने सानु वनको विमानस्थलभित्र गुड्दै गरेको ट्यांकरमा ठोक्किएर मृत्यु भयो। त्यस्तै, प्रेमलाल चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरे।

सुन तस्करीमा नाम जोडिएका व्यक्तिहरुको लगालग मृत्यु भएपछि छानबिन गर्न सरकारमाथि दबाब परेको थियो। त्यसपछि मन्त्रिपरिषद बैठकले चैत २० गते विशेष छानबिन टोली गठन गरेको हो।टोलीले विमानस्थल सुरक्षा संयन्त्रको कमजोरी, नागरिक उड्ययन प्राधिकरणको लापरबाही र विमानस्थलमा कार्यरत कर्मचारीको समेत संलग्नता रहेको भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ।

हामीले दिएका सुझाव तस्करीमा थप अनुसन्धान गर्न महत्वपूर्ण कडी हुनेछ,’ टोली सदस्यले भने, ‘तस्करीसँग जोडिएका सबै फेरिस्ता उतारेका छौं, सम्बन्धित निकायले अध्ययन गरेर थप अनुसन्धान र नियन्त्रणको कदम चाल्नसक्छछानबिन टोलीको निष्कर्षः सुन तस्करीका नाइके मोहन अग्रवाल।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *