Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

गुल्मेली चेली निर्मलाको तीज गीत झम्के मायाले सार्बजनिक

गुल्मेली चेली निर्मलाको तीज गीत झम्के मायाले सार्बजनिक

काठमाडौं । नेपालको पश्चिम क्षेत्र गुल्मीकी चेली निर्मला थापा मगर विगत केही वर्ष देखि सांगीतिक क्षेत्रमा अनवरत रुपमा लागिरहेकी छिन्। लोकपप, आधुनिक र लोक गीतमा समेत आफ्नो स्वरको जादु भर्न सक्ने उनले नजिकिंदै गरेको तीजको उपलक्ष्यमा तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

ुझम्के मायालेु बोलको गीतलाई निर्मला थापा मगर र दीवाकर पराजुलीले स्वर दिएका छन्। गीतमा गायक दीवाकर पराजुली र पवित्रा सर्तुंगी मगरको शब्द तथा गायिका निर्मला थापा मगरको लय रहेको छ । यस गीतमा दुई मायालु बीचको सम्बन्धलाई झल्काइएको छ।

ुझम्के मायालेु गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारि रहेकी छिन् भने उनी संग अभिनयको लागि पुरुष मोडलमा नरेश बीर सिंह रहेका छन् । म्युजिक भिडियोलाई सुमन थापा मगरले निर्देशन गरेका हुन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *