Search
Wednesday 15 August 2018
  • :
  • :
Latest Update

इन्डोनेसियामा गोहीसँग यसरी लिए गाउँलेले बदला: ३०० संरक्षित गोही मारीयो

इन्डोनेसियामा गोहीसँग यसरी लिए गाउँलेले बदला: ३०० संरक्षित गोही मारीयो

काठमाडौं, असार ३२ । इन्डोनेसियाको पश्चिमी पापु प्रान्तस्थित एक गाउँमा गाउँलेहरुले करिब ३०० ओटा गोही मारेका छन् ।संरक्षण केन्द्रका गोहीले एकजना स्थानीयलाई मारेको बदलामा यति ठूलो संख्यामा संरक्षित गोही मारिएको हो ।सरकारी अधिकारी र प्रहरीले गोही मार्नबाट गाउँलेहरुलाई रोक्न नसकेको बताएका छन् ।

शुक्रबार गाउँलेलाई गोहीले मारेपछि शनिबार गाउँलेहरुले गोही संरक्षण केन्द्रमा गएर कार्यालय तोडफोड गर्नुका साथै त्यहाँ रहेको सबै २९२ ओटा गोही मारेका थिए ।इन्डोनेसियामा संरक्षित प्रजातिका जनावर मार्नु अपराध मानिन्छ र यसविरुद्ध जरिवाना वा कारावास सजायको व्यवस्था छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *