Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

पोर्नस्टार सन्नी लियोनीको बायोपिक फिल्म विवादित

पोर्नस्टार सन्नी लियोनीको बायोपिक फिल्म विवादित

मुम्बई । पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनमा आधारित फिल्म ‘करनजीत कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ विवादमा परेको छ ।

फिल्ममा कसरी करनजीत कौर भन्ने केटी सन्नी लियोनी बनेर पोर्न स्टार बनिन् र पछि बलिउड फिल्म उद्योगमा हिट भइन् भन्ने देखाइएको छ । पोर्नस्टार बन्नेदेखि बलिउडमा तहल्का मच्चाउनेम्मको यात्रा हो ।
फिल्मको ट्रेलर जुलाई ५ मा सार्वजनिक भएको थियो । त्यसपछि उक्त ट्रेलर सामाजिक सञ्जालमा समर्थन र विरोधमा व्यापक टिप्पणी भएका छन् । यसको विरोध गर्नेहरूमा भारतको शिख समुदायका धेरै छन् ।

उनीहरूले शिख समुदायको र आफ्नो परिवारको बद्नाम गरेको भन्ने आरोप सन्नीलाई लगाउने गरेका छन् । त्यहीँ शिरोमणि गुरुद्वाराको प्रबन्धक समितिले यो फिल्मको नामलाई लिएर आपत्ति जनाएको छ ।
उक्त गुरुद्वाराले आधिकारीक रुपमा विरोध गर्ने फैसला नै गरेको छ ।

समितिका प्रवक्ता दलजीत सिंह बेदीले सन्नी लियोनी पोर्न स्टार भएको र बालककालमा शिख भएपनि पछि इसाइ भएको बताए ।सन्नीले इसाइसँग बिहेसमेत गरेको भएर फिल्ममा शिख समुदायको नाम जोड्न नहुने बेदीले बीबीसीलाई बताए । यसले शिख समुदायको भावनामा ठेस पुग्ने बेदीको भनाइ छ ।

शिख समुदायले फिल्ममा ुकौरु शब्दको प्रयोग गरेकामा आपत्ती जनाएको हो । फिल्मका निर्देशक आदित्य दत्तले भने आफूपनि शिख समुदायको भएको र शिख समुदायको भावनामा ठेस पुग्ने कुनै पनि काम नगरेको बताएका छन् । एजेन्सी


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *