Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण

दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण

तेह्रथुममा जिल्ला प्रशासन कार्यालयले दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण गरेको छ । बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २४ परिवारलाई ५१ लाख ५५ हजार ७ सय रुपैयाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

जसमध्ये बेपत्ता पारिएका दुई जनालाई १४ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै मृतकका परिवार ६ जनालाई २३ लाख रुपैयाँ र विस्थापित हुने १८ परिवारलाई १४ लाख ५५ हजार ७ सय रुपैयाँ वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले जानकारी दिनुभयो । विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाहरुको आवेदन लिएर राहत वितरण भइरहेको छ ।

जिल्लाका द्धन्द्धपीडितका लागि यो वर्ष ६४ लाख रुपैयाँ बजेट उपलब्ध भएको थियो । त्यसमध्ये अहिलेसम्म वितरण भएको बाहेकका पीडितलाई समेत असार मसान्त भित्रै राहत वितरण गर्न सकिने अवस्था रहेको छ । तर पीडितहरुको आवेदन बिहीबारसम्म पनि नभएकाले अब बाँकी झण्डै १३ लाख रुपैयाँ फिर्ता जाने भएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *