Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

कक्षा १२ को नतिजा यहि श्रावण अन्तिम साता सम्ममा प्रकाशित हुने

कक्षा १२ को नतिजा यहि श्रावण अन्तिम साता सम्ममा प्रकाशित हुने

२०७५ सालमा संचालित कक्षा १२ को नतिजा यहि श्रावण अन्तिम साता सम्ममा प्रकाशित हुने छ । परीक्षा नियन्त्रण कार्यालय एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ । “नतिजा सम्भव भएसम्म श्रावण तेस्रो साता नभए अन्तिम साता सम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं, ” उनले भने ।

पहिलो चरणमा बिज्ञान बिषयको नतिजा प्रकाशन हुने र त्यसको केही समय पछि अन्य संकायको नतिजा प्रकाशन गरिने बताइएको छ । “सबै संकायको नतिजा एकैपटक प्रकाशन गर्ने कुरा समेत भैरहेको छ, तर यस बारेमा अहिल्यै केहि भन्न सकिदैन, ” उनले भने । अक्षराङ्कन (ग्रेडिङ) पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘डी’ वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ । २०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।

नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *