Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट १९ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट १९ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन । विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको तस्वीरहरु चीनको सामाजिक सञ्जालमा राखिएको बीबीसीले जनाएको छ । यो सन् २०१५ पछि ठूलो विस्फोट हो । यसअघि सन् २०१५ मा उत्तर-पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *