Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

छोरीको सहारामा हिट हुने दाउमा बलिउड अभिनेता सैफ अली खान

छोरीको सहारामा हिट हुने दाउमा बलिउड अभिनेता सैफ अली खान

बलिउड अभिनेता सैफ अली खानको करिअर सही लिकमा चलिरहेको छैन । कतिपयले उनको करिअर समाप्त हुन लागेको टिप्पणी पनि गर्न थालेका छन् । बरु अहिले अत्यधिक चर्चा छ उनकी छोरी साराको । साराले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्मको सुटिङ सकिएको छ भने पोष्ट प्रोडक्सनको काम भइरहेको छ । यसैगरी उनको हातमा अर्को फिल्म पनि छ सिम्बा । रोहित सेट्टी निर्देशित यो फिल्मको सुटिङ जारी छ ।

हिट फिल्मको खोजीमा रहेका सैफ अलीलाई अब छोरी साराको सहारा चाहिएको छ । आफूलाई हेर्न दर्शक नआउनेमा विश्वस्त रहेका उनी छोरीलाई हेर्न पक्कै आउने आशामा छन् । त्यसैले छोरीसँगै फिल्म खेलेर आफ्नो डुब्न लागेको डुंगा जोगाउने सोचिरहेका छन् । यहि बीचमा सैफले सोचेजस्तै अफर लिएर आए निर्देशक नितिन कक्कड । ‘फिल्मीस्तान’ बाट चर्चित बनेका यी निर्देशकले सैफ र सारालाई बाबुछोराको भूमिकामा प्रस्ताव गरेको बुझिएको छ । र सैफले. फिल्मको स्त्रिmप्ट मन पराइसकेका छन् । यो फिल्मलाई ज शेवारमानीले निर्माण गर्नेछन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *