Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

ब्रेकिङ खबर : भुइचालो गयो

ब्रेकिङ खबर : भुइचालो गयो

काठमाडौं, २९ असार । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ ।भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरेका छन्। भूकम्प गएपछि सदरमुकामकाबासीले होहल्ला मच्चाएका थिए। -रासस

विमानस्थलबाट पक्राउ परेकी यी महिलाको गर्भाशयमा लुकाएको वस्तु देखेर प्रहरीको नै होस उड्यो

एजेन्सी। कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा स्वापक नियन्त्रण ब्यूरो (एनसीबी) ले एक नाइजेरियाली महिलालाई पक्राउ गरेको छ। महिलाको साथबाट प्रतिबन्धित मादक पदार्थ बरामद भयो। त्यसपछि सोधपुछकालागि उनलाई लगियो, जहाँ उनले यस्तो कुरा स्वीकार गरिन्, जुन सुनेर एनसीबी टिमको होश उड्यो।

भारतीय संचारमाध्यमाका अनुसार एनसीबी (पूर्वी क्षेत्र) का अधिकारीले डेविड ब्लेसिङ (३०) को झोलाबाट एलएसडीका २० ब्लट बरामद गरे। त्यसपछि उनलाई पक्राउ गरिएको थियो। उनी मंगलबार राति नेजाती सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा मुम्बईबाट आएकी थिइन्। सोधपुछका क्रममा ती महिलाले आफ्नो शरीरमा अझै धेरै मादक पदार्थ लुकाएर राखेको बताएकी थिइन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *