Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

दक्षिण कोरिया पढ्न पुगेका नेपालीको विजोग

दक्षिण कोरिया पढ्न पुगेका नेपालीको विजोग

नेपालका कन्सल्टेन्सीको प्रलोभनमा परी दक्षिण कोरिया अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीको बिजोग अवस्था अाएको छ ।काठमाडौं बागबजारको मिराकल कन्सल्टेन्सी, सिल्भर एजुकेशन, सेभेन एजुकेशन, डिल्लीबजारको सिलिकन एडुकेशन, नयाँ बानेश्वर थापागाउँको प्रोप एजुकेशन फाउण्डेशनबाट अध्ययनका लागि कोरियाका विभिन्न कलेज र विश्वविद्यालयमा आएका नेपाली विद्यार्थी समस्यामा परेका समाचार सेतोपाटीमा छापिएको छ ।चर्को शुल्क बुझाएर अन्डर ग्र्याजुएट गर्न आएका नेपाली विद्यार्थीलाई कलेजको शुल्क, खाना लगायतको शुल्कले नै समस्यामा पारेको हो ।

कन्सल्टेन्सीले छात्रवृत्ति दिने, आवास र खानाको व्यवस्था हुने, कलेज भर्ना भए लगत्तै जागिरको व्यावस्था हुनेलगायतका आकर्षक आश्वासन दिएर चर्को शूल्क असुल्दै कोरिया पठाउने तर कोरियामा भने जस्तो केही नभएको पीडित विद्यार्थीले बताए ।कोरियन भाषामा दक्ष नहुँदा नियम अनुसार साताको बीस घण्टे काम पाउन पनि गाह्रो भएको र जसका कारण कलेज शुल्क लगायतका खर्च जुटाउने मुस्किल भएको गुनासो पीडित विद्यार्थीको छ।

मध्यम वर्गीय परिवारका विद्यार्थी जागिरसँगै पढ्न पाइने आसल कोरिया आएका हुन्। धेरै पीडितले कन्सल्टेन्सी र कोरियाका दलालीबाट आफूहरू ठगीमा परेका बताउने गरेका छन्।नेपाली कन्सल्टेन्सीले प्रति विद्यार्थी ३-४ लाख खाने गरेको र छात्रवृत्ति पाउने भनि यहाँका कलेजले एक सेमेष्टर पछि छात्रवृत्रि नदिने गरेको रिजाल थरकी एक पीडित युवतीले सेतोपाटीलाई बताइन्।

यसैबीच खाना र कलेज फी तिर्न समस्यामा परेपछि पुराना विद्यार्थी तथा इपिएसमार्फत कोरिया आएका नेपालीलाई काम खोजेर सहयोग गर्न पीडित विद्यार्थीले अपिल गर्ने थालेको नेपाली विद्यार्थी समाज कोरिया (सोन्सीक) का सभापति विजय बस्नेतले बताए।कन्सल्टेन्सीको भ्रमपूर्ण आश्वासनमा आएर दुःख पाउनेमा छेजुका हल्ला, ख्यसङ, ख्यङदोङ, सोलब्रीज, ख्युङ्गीलगायत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी छन्।Source:-नेपालटुडे संवाददाता


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *