Search
Sunday 18 November 2018
  • :
  • :

आज २०५औँ भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २०५औँ भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय ५औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।भानु जयन्तीको अवसरमा काठमाडौं लगायत मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।साथै नेपाली भाषीहरु रहेका भारतका दाजिर्लिङ, सिक्किम लगायत विदेशमा पनि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ ।

वि.सं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।

आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका हुन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *