Search
Sunday 18 November 2018
  • :
  • :

म असमथ॔ छु!

म असमथ॔ छु!

हे भानु, तिम्रो कथाको नायक
राम म होईन र हुन्न सायद
कहाँ ऊ सत्य युगको सत्य मूर्ती
कहाँ म कलियुगको पापको मूर्ती
कहाँ ऊ धनुर बिद्या धारी
कहाँ म निति नियम पारी
तिम्रा निति नियम कछु
सहन बहन गर्न म असमर्थ छु

असमर्थ छु तिम्रा कठोर मार्ग पहिल्याउन
किन कि तिम्रा वाणीमा गुञ्जन्न पाश्चात्य
तिम्रो पहिरनमा झल्किदैन आधुनिक्ता
अनि देखिन्न कतै प्वाल,झ्याल,ढोका
समुन्द्र पारीको दुवो देख्ने पहिरन हामीका
परिवर्तित युगको छुट्टै पहिचान लिएकोछु
अपूरो छैन,अंग्रेजी साहित्यले परिपूर्ण छु
चाहिन्न चार गज मूर्दा ढाक्ने कात्रो जस्तो
म त ब्यास्त छु अंगको दुईटा टाला फाल्न
त्यसैले तिम्रो मार्ग पहिल्याउन म असमर्थ छु।

हे बालमिकीका शारथी,रामायण चालक,
म त्यो युगको अनुययी मुर्खे पुर्वज होईन
फोहोरामा स्नानको तृष्णा मेटिएको छैन
कुवा खनेर धर्म कमाउने विश्वास लाग्दैन
बबुरा सुताउने कवित्व तिम्रा हौसला उर्जा
पूर्ण भएका छन लोरी सुनाउने चलाई यन्त्र
म त वैज्ञानिक युगको व्यस्त यान्त्रीक मान्छे
फुर्सद कहाँ पुराना लोरी कविता सुनाउन छु
जस्का निम्ति समय जुटाउन म असमर्थ छु

हे बाजे म तिम्रो कथाको रून्चे नायक होईन
म त याथर्थ जटिल युगको महानायक पो हो
छुटेको एक चोकटा धर्ती बबुराको पुतली झै
घिडघिडाएर आर्जिने भिखारी बालक होईन
सियो लत्याई फाली आर्जिने कर्मठ योद्धा हो
ता कि चौध वर्ष वनमा रूने न्यायुल होईन
विदेशी शहर हातमा राखी चम्कने तारा हो
ईच्छानुरूप भुभाग उपभोक्ता भयंकर नर हो
म त विद्रोहको विगुल फुक्ने निडर योद्धा हुँ
थुकेको थुक चाट्न त्यसैले म असमर्थ छु।
बि. के. न्यौपाने

[email protected]


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *