Search
Saturday 21 July 2018
  • :
  • :
Latest Update

चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदै

चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदै

चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ । लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रबाट यसको निर्माणपक्ष आशावादी देखिएको छ । चलचित्रमा गौरी मल्ल, विनोद न्यौपाने, ऋचा सिंह ठकुरी, राजेश ढुंगाना, एनि कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ ।त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यो चलचित्रबाट दर्शक सन्तुष्ट हुने दाबी यसको निर्माणपक्षको छ । चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्रबाट कलाकार विनोद न्यौपाने लभर ब्वाइको रुपमा चलचित्र क्षेत्रमा उदाउने निर्देशकको दाबी छ । यो चलचित्रका निर्माता तथा निर्देशक अधिकारीले आफू चलचित्र क्षेत्रका लागि नयाँ भएकाले पनि पर्याप्त हल नपाएको बताउँछन् । आफूले ३ बर्ष लगाएर चलचित्र निर्माण गरेको भन्दै अधिकारीले नयाँ व्यक्तिलाई चलचित्र क्षेत्रमा आउन धेरै गाह्रो रहेको टिप्पणी गरे । उनले, दर्शकले चलचित्रलाई माया गरिदिने विश्वास समेत व्यक्त गरेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *