Search
Sunday 18 November 2018
  • :
  • :

९ बर्षको उमेरमा आँखाको ज्योति गुमाएकी गायिका रेनुका राईले सहयोग माग्दै भनिन्”मलाई पनि हेर्नमन्छ संसार तिमी जस्तै …(भिडियो सहित)

९ बर्षको उमेरमा आँखाको ज्योति गुमाएकी गायिका रेनुका राईले सहयोग माग्दै भनिन्”मलाई पनि हेर्नमन्छ संसार तिमी जस्तै …(भिडियो सहित)

नौ बर्षको उमेरमा, डाक्टरले गलत औषधि दिएर खाए पश्चात आँखाको ज्योति गुमाएकी गायिका रेनुका राई झापा जिल्लामा जन्मिएकी हुन् । बाच्नको निम्ति खोलाको ढुङ्गा टिपेर ट्याक्टरमा जम्मा गरि बेच्ने देखि चिया पसल सम्म गरेकी रेनुकाको सानै देखि गीत गाउने चाहाना थियो ।

आज भन्दा पाँच बर्ष अगाडि मकै बारीमा मकै खान आएको हातिलाई लखेट्ने क्रममा बाबालाई पनि हातीले मारेपछि सम्पूर्ण परिवारको जिम्मा उनै रेनुका राई माथी आयो । आमा बृद्ध अवस्थाकी,बहिनी सानै, एक दाजु भएपनि दाजुलाई पनि आफ्नै परिवारको बोझ । आफू पनि दृष्टि बिहिन, त्यहि माथी परिवारको जिम्मा आफूमा आएपछि झनै बोझ भयो रेनुकालाई ।

एसएलसी फस्ट डिभिजनमा पास गरेकी रेनुका आफ्नो पढाईमा निक्कै अब्बल थिईन् । राम्रो मेहनत गरेर पढे भने शिक्षक शिक्षिकाहरुले आफूलाई धेरै माया गर्नुहुन्छ होला भनेर आफूले धेरै मेहनत गरेको बताउछिन् रेनुका । धेरै पढ्ने चाहना हुँदा हुदै पनि प्लस टु पढ्दा पढ्दै पढाई छाडेकोमा दुख लागेको बताउछिन् उनि ।

एकातिर परिवार पाल्नु पर्ने अर्को तिर आफ्नो पढाइको साथमा आफ्नो आँखाको उपचारको निम्ति पनि पैसा जुटाउनु पर्ने । सबै तिर भौतारिदै भौतारिदै, भन्नु पर्ने जति सबै भनिन् र सक्ने जति र गर्ने जति सबै काम गरिन् । तर पनि केहि सिप लागेन । त्यसपछि उनि काठमाडौ तिर लागिन् । काठमाडौ आउनुको कारण थियो, केहि काम गरेर पैसा जम्मा गर्ने अनि आफ्नो आँखाको उपचार गर्ने ।

काठमाडौ आउनु भन्दा अगाडि उनले सोच्थिन्, काठमाडौ कस्तो होला ? काठमाडौमा त धेरै गायक गायिकाहरु बस्नु हुन्छ, त्यहाँ गएपछि पक्कै केहि न केहि त होला भनेर । जब काठमाडौ आइपुगीन् तर यहाँ उनले सोचे जस्तो थिएन ।

त्यसपछि उनले सडक पेटिमा बसेर गीत गाउन सुरु गरिन् । त्यसरी सडकमा गीत गाउदा पनि धेरैले माया गरेको बताउछिन् रेनुका ।यसरी गीत गाएर हिड्ने क्रममै पनि, केहि ठाउँमा आफू ठगिएको कुरालाई कहिल्यै भुल्दिनन् उनि ।

तिल गङ्गा आँखा हस्पिटलको अनुसार, उनको आँखा दुईवटा मध्ये एउटा चाहि राम्रै रहेको र उपचार गर्दा उपचार हुने रहेछ । धेरै रोएको कारण एउटा आँखाको नशा (पानीको नशा) चाहि सुकेकोले उपचार हुन नसक्ने र अर्को आँखा चाहि उपचार गर्दा हुने तर यसको लागि पाँच लाख रुपैयाँ लाग्ने रहेछ ।

यहि पाँच लाख जुटाउनकै लागि सडक पेटिमा गीत गाउदै हिडि रहेको अवस्थामा केहि सामाजिक संजालमा आएपछि अहिले उनको गीत रेकर्ड हुन सुरु भएको छ । “आँखा देख्न सक्छु या सक्दिन, उपचार पाउछु या पाउदिन,उपचार पाएर आँखा देखेपनि आँखा देख्नु भन्दा अगाडि गीत रेकर्ड गराउने ठूलो चाहना छ ” उनको यो कथन थियो ।

सडक पेटिमा गीत गाईरहदा पनि ८ घण्टा सम्म केहि नखाई आफूले गीत गाएको बताउछिन् रेनुका । तिर्खा लाग्थ्यो, तर पनि गीत गाईरहदा कसैलाई त हतार होला, एउटा गीत सुनेर जाने मनहोला, मैले पानि पिउन थालेभने उहाँहरुलाई ढिलो होला भनेर पानि पनि नखाई गीत नै गाई रहन्थे” उनले आज पनि दुखेसो पोख्छिन्।

दृष्टिविहीन रेनुका राईको पहिलो गीत मञ्जरी थिएटर ग्रुप र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया को सहयोग मा रेकर्ड भएको छ।मञ्जरी थिएटर ग्रुपका अध्यक्ष अमिर माबो र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया का अध्यक्ष फुर्बा दोर्जे मोक्तान ले रेनुका बहिनी को उपचार मा थप सहयोग मिलोस भनी यस गीत रेकर्ड गरेको हो र यस गीत बाट आएको सम्पूर्ण रकम रेनुका बहिनी को उपचार मा दिइने जानकारी समेत गरिएको छ।

रेनुका को पहिलो गीत मा विशाल बेघा लिम्बु को शब्द रहेको छ।विशाल बेघा गायक तथा गीतकार हुन् र उनको एकल एल्बम “यात्रा” बजार मा आइसकेको छ।यस गीत मा गायिका/संगीतकार चन्द्र कला राई ले रेनुकाको उपचार स्वरुप निशुल्क संगीत भर्नु भएको छ।एरेन्ज मा मनोज साङ्सोङ राई को छ भने यस गीत opera recording studio मा रेकर्ड गरिएको छ।दृष्टिविहीन रेनुका राईको पहिलो भिडियो हेरिदिनु होला र उहाँको उपचार स्वरूप सेयर पनि गरिदिनु होला।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *