Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

‘कहिँ कतै’को तीन पोष्टर एकसाथ सार्वजनिक

‘कहिँ कतै’को तीन पोष्टर एकसाथ सार्वजनिक

अभिनेता दीलिप रायमाझी लामो समय पछि हिरोको रुपमा देखिन लागेको चलचित्र ‘कहिँ कतै’ले तीन पोष्टर एकसाथ सार्वजनिक गरेको छ । २५ श्रावणबाट प्रदर्शनमा आउँने चलचित्रले प्रचारका लािग तयार पारेको अफिसल पोष्टर दर्शकको प्रतिक्रिया बुझ्न सार्वजनिक गरेको हो । पोस्टरमा दीलिप साथमा नव–कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई देख्न सकिन्छ । पोष्टरमा अभिनेता किशोर खतिवडा र निर्माता समेत रहेकी उमा ‘बेबी’गिरीलाई समेटिएको छ ।

सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । सिक्कीम स्थायि घर भएकी गिरी मिस भारत र मिस हिमालयनमा फष्ट रनरअप बिजेता हुन् । पहिलो चलचित्र प्रदर्शनमा नअखाउदै उनी अभिनयमा ब्यस्त हुन थालेकी छन् । हाल उनका दुई चलचित्र छायाँकनरत छिन् ।शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्वमा रोशन श्रेष्ठ, संगीतमा सचिन सिंह र लक्की सिटौला रहेको चलचित्रको सम्पादक अर्जुन जिसी र छायाँकार बाबु श्रेष्ठ हुन् । सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘कहिँ कतै’ काठमाडाै‌ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाँहिर एफडि कम्पनीले वितरण् जिम्मा लिएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *