Search
Tuesday 18 December 2018
  • :
  • :

विनोद खम्बूलाई यो वर्षको ‘किरात प्रतिभा पुरस्कार

विनोद खम्बूलाई यो वर्षको ‘किरात प्रतिभा पुरस्कार

गायक तथा संगीतकार विनोद खम्बूलाई यो वर्षको ‘किरात प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । तीन सयभन्दा बढी गीतमा संगीत भरेका र सय भन्दा बढी गीतमा स्वर दिएका खम्बूलाई किरात राई सांस्कृतिक कलाकार संघले पुरस्कार प्रदान गरेको हो ।संघको १३औँ स्थापना दिवसका अवसरमा उनलाई ११ हजार १ सय ११ रुपैयाँसहित ‘प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।

खम्बूले चलचित्र ‘बसमा छैन यो मन’को शीर्ष गीत ‘तिमी ज्यान माग, ज्यान दिन्छु’, मेलिना राईको पहिलो गीत ‘छाडी जाने भए तिमी’लगायत गीतमा संगीत भरेका छन् भने ‘झन्झन् खायो झन्झन् मीठो’, ‘झझल्को आइरहन्छ’जस्ता लोकशैलीका गीतमा संगीतसँगै स्वर दिएका छन् ।

खम्बूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक जितेन राई, कृषिविज्ञ मदन राईलगायतले राई संस्कृतिअनुसार फेटा गुथाएर नगदसहित सम्मानपत्र प्रदान गरे ।ललितपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा खम्बूसँगै धेरै पूर्वेली गीतमा स्वर भरेकी गायिका पार्वती राई र चलचित्र छायांकार युवराज राई (वीरबहादुर)लाई पनि सम्मान गरियो । पार्वतीलाई ११ हजार १ सय ११ सहित ‘संगीत सम्मान’ प्रदान गरियो भने छायांकार युवराजलाई १५ हजारसहित सम्मान प्रदान गरियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *