Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

यी हुन् सलमान खानका १० प्रेमिका, एक त विवाह गर्नकै लागि भनेर पाकिस्तानबाट भागेर आएकी थिईन

यी हुन् सलमान खानका १० प्रेमिका, एक त विवाह गर्नकै लागि भनेर पाकिस्तानबाट भागेर आएकी थिईन

बलिउडको दबंग खान यानी सलमान खान फिल्म उद्योगको सुपरस्टार हुन्। अहिले उनको फिल्म बक्स अफिसमा उनकै दममा चल्ने गर्दछ। यस्तो अवस्थामा सलमान खानको चाहने वाला मानिसहरुका सूची धेरै नै लामो छ। तर सलमान आज पनि कुमार नै छन्। विगतबाट अहिलेसम्म आउँदा सलमान खान १० प्रेमिकासँग प्रेममा परिसकेका छन्। तर कुनै नै कुनै कारण उनको प्रेम विवाहसम्म पुग्न सकेन।

संगीता बिजलानी

संगीता बिजलानीसँगको प्रेमलाई बलिउडमा सलमानको पहिलो प्रेम मानिन्छ। एक समय यस्तो पनि थियो, उनीहरुको निकटताकै कारण उनीहरुको विवाह हुने लगभग पक्कापक्की नै भएको थियो। तर कुनै कारणवश दुवै बीच दूरी पैदा भयो। तर उनीहरु आज पनि असल साथीहरु जस्तै छन्।

सोमी अली

पाकिस्तान स्थित कराचीमा जन्मिएकी सोमा अली सलमान खानको लागि जे पनि गर्न तयार रहेकी बताएकी थिईन। उनी १६ वर्षको उमेरमा पाकिस्तानबाट भागेर सलमान खानसँग विवाह गर्न मुम्बई आएकी थिईन। त्यस पछि उनले मोडलिंग शुरु गरेकी थिईन। सोमी बिस्तारै सलमान खानको नजिक हुन् थालिन्। तर दुवैको सम्बन्ध बन्नु अघि नै खटास उत्पन्न भयो।

कट्रिना कैफ

बलिउडमा कट्रिना हाल सर्वाधिक महँगा अभिनेत्रीका सूचीमा सूचीकृत छिन्। चलचित्र ‘मैंने प्यार क्यों किया’ बाट उनी सलमानको नजिक आएकी थिईन। तर धेरै पटक विवाह कुरा भए तापनि दुवैको विवाह हुन् सकेन। त्यस पछि सलमान खानको खराब रवैयाको कारण कट्रिनाले रणबीरसँग डेट गर्न सुरु गरिन्।

क्लडिया सियस्ला

क्लडिया सियस्ला एक पोल्याण्ड-जर्मनी मोडेल हुन्। उनले अक्षय कुमारसँग आइटम डान्स गरिसकेकी छिन्। र साथै उनी सलमान खानको भूत पूर्व प्रेमिका पनि हुन्।

ऐश्वर्या राय बच्चन

सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ बाट नजिक भएका सलमान र ऐश्वर्या बलिउडको एक ऐतिहासिक जोडी बनिसकेका छन्। तर उनीहरुको विवाह भने हुन् सकेनन्। सलमान खान सेटमा ऐश्वर्यको बारेमा निकै भावुक हुन् गर्थे।

जरीन खान

जरिन खानलाई बलिउडमा ल्याउने श्रेय सलमान खानलाई नै जान्छ। फिल्म ‘वीर’ बाट दुवै निकट भएका थिए।

डेजी शाह

डेजी शाहलाई सलमान खानले आफ्नो फिल्ममा नै लन्च गरेका थिए। फिल्म ‘जय हो’ को सेटमा दुवैले एक-अर्कालाई अधिक समय दिएका थिए। डेजी शाह एक पटक फेरी सलमान खानसँग फिल्म ‘रेस-३’ मा देखा पर्ने छिन्।

एमी ज्याक्सन

अभिनेता प्रतीक बब्बरकी प्रेमिका भईसकेकी एमी ज्याक्सनको नाम सलमान खानसँग पनि जोडिएको थियो। एमी ज्याक्सनले सलमान खानको प्रोडक्सन हाउसमा बनेको फिल्ममा काम गरिसकेकी छिन्।

स्नेहा उल्लाल

सुपरफ्लप फिल्म लक्कीबाट नजिकिएका सलमान खान र स्नेहा उल्लालको सम्बन्ध लामो समय टिक्न सकेन। स्नेहालाई ऐश्वर्या हुबहु कपी मानिन्छ।

युलिया वन्तुर

अहिले सलमान खान र युलिया वन्तुरबीचको सम्बन्धको बारेमा बलिउडमा निकै चर्चा परिचर्चा भई रहेको छ। उनलाई सलमान खानको गर्लफ्रेन्ड मानिएको छ। तर सलमान खानले अहिले सम्म पनि विवाहमा खासै रुचि देखाईरहेका छैनन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *