Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

मोबाईल चहिएको छ ? हुवावे नोभा टू-आई अब सस्तैमा पाइने

मोबाईल चहिएको छ  ? हुवावे नोभा टू-आई अब सस्तैमा पाइने

मोबाइल कम्पनी हुवावेले नेपाली ग्राहकलाई लक्षित गर्दै नोभा टू-आईको मूल्य घटाएको छ । यो मोबाइल नेपाली बजारमा भित्रिएको पहिलो फोर क्यामेरा भएको स्मार्ट फोन पनि हो । ग्राहकको आकर्षण र कम्पनीले पाएको सफलताका आधारमा हुवावेले यसको मूल्य झन् सस्तो बनाउने निर्णय लिएको हो ।

पहिले रू. ३३ हजार ९ सय पर्ने यसको मूल्य अब ३० हजार ९ सयमा झरेको छ । कम्पनीले आफ्नो नयाँ उत्पादन नोभा थ्रीई भित्र्याएको केही दिनमै नोभा टूआईको मूल्य घटाई नेपाली ग्राहकबीच ल्याएको छ ।

५.९ इञ्च फूलभ्यू डिस्प्ले स्क्रिन भएको यो स्मार्ट फोनमा ३,३४० एमएएच ब्याट्री, फिङ्गर सेन्सर, एण्ड्रोएड ७.० अप्रेटिङ सिष्टम र हाइब्रिड सिमलगायत विशेषता रहेका छन् । दुई सेल्फी सुटर्स १३ एमपी / २ एमपी र रियर क्यामेराज १६ एमपी / २ एमपी भएको नोभा टूआईमा आधुनिक क्यामेरा सेटिङ पनि उपलब्ध छन् । पूरै मेटलले बनेको स्मार्ट फोन गाढानीलो, खैरो, कालो र हल्का सुनौलो रङमा उपलब्ध छ ।

अाजकाे अभियान दैनिकमा समाचार छ


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *